arrow

ओलीले वृद्ध भत्ताको कुरा गर्दा गर्दै विजुली गयो, भाषण अधुरै रहयो

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
KP-oli-naya-news.jpeg

बाँके । एमाले अध्यक्ष केपी शर्मा ओली बोल्दा बोल्दै विजुली गएपछि भाषण अधुरै बनेको छ । बाँके नेपालगञ्जको त्रिभुवन चोकमा आयोजित चुनावी सभामा बोल्न सुरु गरेको केही बेरमै विजुली गएपछि ओलीको भाषण अधुरै बनेको हो ।

बर्दियाको चुनावी सभालाई सम्बोधन गरेर नेपालगन्ज पुगेका ओलीलाई आयोजकले सुरुमै बोल्न लगाए । उनले भाषण सुरु गरेको केहीबेरमै विजुली गयो । विजुली गएपछि प्रहरीले टर्च बालेर ओलीलाई कार्यक्रम स्थलबाट बाहिर ल्याउनु परेको थियो ।

ओलीलाई जेनेरेटरको विजुलीले समेत साथ दिएन । एमाले–माओवादीको संयुक्त घोषणापत्रमा १०–१५ वर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ । यस्तै, ओलीले विगतदेखि नै हावाबाट विजुली निकाल्न सकिने बताउँदै आएका छन् ।

ओली वृद्ध भत्ताको कुरा गर्दै थिए । उनी भन्दै थिए,  ‘वृद्ध भत्ता मासिक ५ हजार पुर्‍याउने सोच छ ।’ चुनावपछि आफुहरुले सरकारको नेतृत्व गर्ने र बाँकेमा निर्माणाधिन हुलाकी सडक, सिक्टा सिचाई आयोजनाको कामलाई सम्पन्न गर्न विशेष पहल गर्ने पनि ओलीले सुनाउन भ्याए । ओलीको भाषण अधुरै रहेको क्षेत्र काँग्रेसका दिवंगत पूर्वसभापति सुशील कोईरालाको गृहनगर हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ