arrow

यसरी कठिन बन्दैछ चितवन ३ प्रचण्डलाई 

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
Sajan_New_3.jpg

गौरीगञ्ज । चितवनको क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले निर्वाचन प्रचार अभियानको रथ छोडेपछि यस क्षेत्रबाट प्रतिनिधिसभाको सदस्यमा उम्मेदवारी दिएका कम्युनिष्ट गठबन्धनका उम्मेदरवार एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन जित्न सकस पर्ने देखिएको छ ।

चितवन क्षेत्र न ३ बाट प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बन्नुभएका राप्रपाका महामन्त्री बिक्रम पाण्डे र नेपाली कांग्रेसका युवा नेता एवम् लोकतान्त्रिक गठबन्धनका चितवन क्षेत्र न ३ (क) का प्रदेश सभा सदस्यका साझा उम्मेदवार  दिनेश कोइरालाले संयुक्त रुपमा भरतपुर महानगरपालिकाबाट प्रचार अभियान बढाएका छन् भने प्रदेशसभा (ख)का साजन महतोले माडीक्षेत्रबाट प्रचार अभियान थालेका छन् । 

भरतपुर महानगरको स्थानीय निर्वाचनमा प्रचण्डकी छोरी रेणुलाई नगरप्रमुख पदमा विजयी बनाउन गरिएका गैरलोकतान्त्रिक व्यवहारबाट महानगरका बासिन्दाहरु आजित छन् भने जनयुद्धकालमा बाँदरमुढैमा भएको निहत्था  र निमुखा यात्रुसवार बसमा वम प्रहार गरी गरिएको नरसंहारको घाउ माडीबासीले अझै बिर्सेका छैनन् । 

यसैले चितवन क्षेत्र नं ३ को निर्वाचन चितवनका मतदाताको विवेकको परिक्षाको रुपमा लिइएको छ ।
 
स्थानीय तह निर्वाचनमा छोरीलाई मेयर बनाउने वित्तिकै त्यसको गुन विर्सेर एकीकृत कम्युनिष्ट पार्टीको निर्माण गरी त्यसका माध्यमबाट कम्युनिष्ट शासन सञ्चालन गर्ने सपना देखेका प्रचण्डलाई पराजयको स्वाद चखाउन स्थानीय तहको निर्वाचनमा जित्ने टिकट प्रचण्डको छोरीको लागि त्याग गरेका कांग्रेसका युवा नेता दिनेश कोइराला र राप्रपाका महामन्त्री तथा वन तथा भूसंरक्षण मन्त्री बिक्रम पाण्डे पनि कस्सिएका छन् । 

उनीहरुले सोमबार भरतपुर महानगर ८ गौरिगंजमा घरदैलो एवम् चुनावी कार्यक्रम सम्पन्न गरे ।

घरदैलोमा युवा र पाका दुवै उमेर समूहका मतदाताहरुको उल्लेख्य सहभागित रहेको थियो ।उमेद्वार घरघरमा पुग्दा घरमा पुस्पागुच्छा सहित स्वागत गरिएको थियो । 

निर्वाचनलाई व्यवस्थित गर्न लोकतान्त्रिक गठबन्धनले भरतपुर ८ गौरिगंजमासम्पर्क कार्यालय समेत स्थापना गरेको  छ । 

सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रदेश सभा सदस्य उम्मेदवार कोइरालाले देशलाइ समृद्ध बनाउन र समाज सुधार गर्न लोकतान्त्रिक गठबन्धनलार्इ अत्यधिक मतले विजयी बनाउन आग्रह गरे ।

उनले नेपाली कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धनले जनताका चाहना पूरा गर्ने जिकिर गरे । 

कोइरालाले मुलुकलाई समृद्धिको मार्गमा लैजाने लक्ष्यसहित आफू राजनीतिमा होमिएको बताउँदै भने, यूरोप र अमेरिका म पनि गएको हुँ, मलाई त्यहाँ बस्न होइन नेपाललाई त्यस्तै बनाउने अठोट पलाएर आएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार बिक्रम पाण्डेले आफ्नो बर्षौंदेखिको  समृद्ध भरतपुर  बनाउने सपना पूरा गर्ने अवसर  अहिले बल्ल पाएको बताए । 

उनले अब भरतपुरलार्इ समृद्द बनाउन आफुलाई भोट हालेर साथ दिन आग्रह गर्दै भने, ‘टिभीमा हेर्नुपर्ने नेता भन्दा घरदैलोमा आइरहने नेतालाई चुन्नुहोला।’ 

प्रचण्डलाई माडीमा चुनौती 

नेपाली काँगेसका युवा नेता तथा प्रदेश सभा सदस्यमा चितवन क्षेत्र नं।३ ९ख०का उम्मेद्वार साजन कुमार महतोको अगुवाईमा सोमबार माडीमा घरदैलो सहितको चुनावी कार्यक्रम सम्पन्न भएको छ । 

माडी नगरपालिकाको सिधुवा, बघौडा, इनार बरुवा, बसन्तपुरलगायतको स्थानमा भएको घरदैलोमा सयौंको सहभागिता रहेको थियो । 

माडीमै रहेका वामगठबन्धनका चितवन क्षेत्र नं ३ का उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिँदै लोकतान्त्रिक गठबन्धनका सयौं कार्यकर्ताको सहभागिता रहेको थियो । 

घरदैलोको क्रममा उम्मेद्वार महतोलाई स्थानीयबासीले भव्य स्वागत गर्दै जितको शुभकामना दिएका थिए । माडीबासीले युवा उम्मेद्वार पाएको भन्दै विकास निर्माणको अपेक्षा गरेका थिए । 

घरदैलो पछि हरियाली बनमा आयोजित कोण सभामा बोल्दै उम्मेद्वार महतोले माडीबासीको उत्साह र सहभागिताले हौसला मिलेको भन्दै यहाँको विकासमा कायापलट गरेरै देखाउने प्रतिवद्धता व्यक्त गरे । 

उनले भने–“माडीको विकास हाम्रो चाहना हो, विक्रम दाईसंग मिलेर यहाँको मुहार फेर्छौ ।” 

यसअघि साँसदमा निर्वाचित हुनुभएका वर्तमान वन मन्त्री तथा लोकतान्त्रिक गठबन्धनका चितवन क्षेत्र नं ३ का उम्मेद्वार विक्रम पाण्डेले गरेको विकास निर्माण र प्रयासले नै माडीबासीले मूल्यांकन गर्नुपर्ने भन्दै अब जितेपछिका पाँच वर्षमा बाँकी भएका कामलाई पुरा गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ