arrow

चितुवाको आक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई १० लाख राहत

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
money-e1434183175402.jpeg

अछाम । चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई जिल्ला वन कार्यालयले  १० लाख राहत प्रदान गरेको छ । 

चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका ८ का १५ वर्षीय पवन भुलको परिवारलाई सो रकम प्रदान गरिएको हो । 

राति घरमा सुतिरहेको अवस्थामा भुललाई चितुवाले आक्रमण गरेको थियो । उनको मृत्यु भएपछि जिल्ला वन कार्यालयले सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय धनगढी कैलालीमा राहतका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार क्षेत्रीय वन निर्देशनालयले जिल्ला वन कार्यालयलाई सो राहत रकम उपलब्ध गराउन निर्देशन दिएको थियो । 

मृतक पवनका बुबा गोपाल भुललाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला वन अधिकृत सुरेन्द्रकुमार श्रेष्ठले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ