arrow

मोदीले गरे हैदराबादमा रेलसेवाको उद्घाटन

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
modi.jpg

नयाँ दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतीय मेट्रो रेल सेवाको पहिलो चरणको सेवा हैदराबादमा उद्घाटन गरेका छन् ।  उनले भारती मेट्रो रेल सेवाको पहिलो चरणको ३० किलोमीटर रेल सेवाको मङ्गलबार भारतीय दक्षिणी सहर हैदराबादमा उद्घाटन गरेका हुन् ।  भारतीय सरकारी रेडियो अल इन्डिया रेडियोले सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री मोदीले सो सेवाको सञ्चालनको उद्घाटन गरेसँगै सोही रेलमा बसेर प्रधानमन्त्री मोदी र तेलङ्गाना राज्यका मुख्यमन्त्री के सी हन्द्राशेखर मैयापुरदेखि कुकातपल्लीसम्म पुगेका थिए ।

भारतीय मेट्रो रेल सेवाको यो पहिलो चरणको कार्यक्रम हो । यसअन्तर्गत ३० किलोमीटर रेल कुद्ने छ । सो सेवा हैदराबादको मैयापुरदेखि नगालसम्म रहेको छ । यसमा विभिन्न २४ वटा स्टेशन रहेका बताइएको छ । उक्त हैदराबाद रेल सेवा ७२ किलोमीटर लामो छ । यो सेवा तीन चरणसम्म गरी पूरा गर्ने योजना बनाइएको छ ।

यसको दोस्रो र तेस्रो तथा अन्तिम आयोजना आगामी बर्ष सन् २०१८ को अन्तम सम्ममा पूरा हुने कार्यक्रम रहेको बताइएको छ ।

यस सेवालाई बुधबारदेखि खुल्ला गरिने छ । बुधबारबाट यस रेल सेवामार्फत हरेक दिन कम्तीमा पनि १७ लाख मानिसले सेवा पाउनसक्ने अनुमान गरिएको छ ।

त्यसैगरी आगामी बर्ष पूराहुने उक्त ७२ किलोमीटर सेवाबाट करिब २३ लाख नागरिक हरेक दिन लाभान्वित हुनसक्ने अनुमान गरिएको छ ।  सिन्ह्वा



नयाँ