arrow

कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधिहरु, को कहाँ परे (सूची सहित)

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
nc-party-office.png

काठमाडौं । असन्न  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । कांग्रेसले  मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन दोस्रो चरणका लागि ४५ जिल्लाहरु  केन्द्रीय प्रतिनिधिहरु खटाएको हो ।

केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामा चुनावी प्रचारप्रसारको समन्वय गर्ने, कार्यकर्ता परिचालन गर्ने, उम्मेदवारहरुबीचमा समन्वय गर्ने , लोकतान्त्रिक गठबन्धनका अन्य सहयोगी दलहरुसंग सुसम्बन्ध कायम गरी गठबन्धनका सबै उम्मेद्वारहरु विजयी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने, निर्वाचन आयोगद्धारा जारी गरिएको आचारसंहिताको अधिनमा रही शान्तिपूर्ण ढंगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन र पार्टीका पक्षमा अधिकाधिक मत खस्नै माहोल सिर्जना गर्ने लगायतका जिम्मेवारी दिएको छ ।

केन्द्रिय प्रतिनिधिहरुले मतदाता प्रशिक्षण लगायत स्थानीय तहमा आवश्यक देखिएका निर्वाचनका अन्यपक्षहरुका बारेमा पनि समन्वय गर्नेछन् । केन्द्रीय प्रतिनिधिहरुलाई प्रतिस्पर्धी दलहरुसंग पनि सुहार्दपूर्ण सम्बन्ध कायम राखेर काम गर्ने जिम्मेवारी दिएको छ ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ