arrow

मतपेटिकामा एसिड हाल्न खोज्ने माओवादी केन्द्रकै कार्यकर्ता भएको पुष्टी

logo
प्रविर ददेल,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
Election_logo_Maoist-750-1-750.jpg

रुकुम ।  आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको क्रममा आठविसकोट नगरपालिका–३ को मतदानकेन्द्र हिमालय मावि खदीको मतपेटिकामा एसिड हाल्न खोज्ने महिला रुपा विक सोही वडाकी माओबादी केन्द्रको तर्फबाट निर्वार्चित वडा सदस्य रहेको पुष्टी भएको छ । नेकपा माओवादी केन्द्रबाट आठविसकोट नगरपालिका प्रमुखमा निर्वाचित गोर्खबहादुर केसीले रुपा निर्वार्चित  वडा सदस्य रहेको  जानकारी दिएका छन् ।

वडा सदस्य बि.कलाई कसैले उक्साएको के.सीको दावी छ । पक्राउ परेकी महिला जनप्रतिनिधि रहेको हल्ला सुनिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए  । रुपालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा पुर्याएर अनुसन्धान भइरहेको पनि धमलाले जनाए ।

प्रहरी नायव उपरिक्षक धमलाका अनुसार मतपेटिकामा खसाउन थालेको मतपत्र उनको हातमै जलेको अवस्थामा प्रहरीले देखेको थियो । मतदान अधिकृत तथा कर्मचारीहरुबाट सबै प्रक्रिया पूरा गरेर मतपत्रमै एसिड राखी सोही मत पत्र मतपेटिकामा खसाउने प्रयास प्रहरीले सफल हुन नदिएको उनले बताए ।

यस्तै बाँफिकोट गाउँपालिका–५, को रत्न आधारभुत विद्यालयका क मतदान केन्द्रको प्रतिनिधि सभा तर्फको मतपेटिकामा र आठविसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गतसैनाको ख मतदान केन्द्रको समानुपातिक तर्फको मतपेटिकामा पनि एसिड हालेकै कारण त्यस भित्रका मतपत्र जलेका थिए ।

सो मतदान केन्द्रमा फेरी मतदान हुने भएको छ । दुवै मतपेटिकामा एसिड हालेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ