मोरङ ६ मा २ दिनमा ५ सय ५० काँग्रेसमा प्रवेश, शेखरले गरे स्वागत
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
544
Shares
मोरङ्ग। चुनावको मिति नजिकिदै जादा मोरङ क्षेत्र न ६ का कांग्रेसका उम्मेदवार डा शेखर कोइराला स्पर्घी वामगठबन्धका उम्मदेवार भन्दा निक्कै वलियो देखिदै गएका छन। केही दिन यता डा शेखरको पक्षमा चुनावी माहौल हवात्तै बढेको छ। राष्ट्रिय राजनीतिमा ठूलै प्रभाव राख्न सक्ने क्षमता रहेका डा कोइरालालाई यस क्षेत्रका मतदाताले भावी प्रधानमन्त्रीको रुपमा उभ्याएपछि माहौल डा शेखरको पक्षमा बढेको देखिएको हो।
राजनीतिक पर्यवेक्षक दधिराज सुवेदीले उम्मेदवारको क्षमता , हैसियत र पार्टी प्रवेश गर्नेहरुको पछिल्लो लहरले डा शेखर निक्कै वलियो देखिएको बताए । सुवेदीका अनुसार डा शेखरले चुनाव जित्न धेरै मेहनत गरि रहनु पर्ने अवस्था छैन । डा शेखरले मोरङ ६ को विकासको लागी प्रतिवद्धता गरेको चुनावी घोषणा पत्रले घेरै मतदातालाई लोभ्याएकाले पनि उनको पक्षमा लहर बढेको देखिन्छ । यस क्षेत्रबाट डा शेखरलाई जिताएर भावी प्रधानमन्त्रीको रुपमा हेर्न चाहेका छौ।
कांग्रेसमा भर्खरै प्रवेश गरेका विराटनगर —४ का जलन चौधरीले भने । बाढी आएको समयमा डा शेखरले पिडितहरुलाई गरेको सहयोगले पनि उनको पक्षमा माहौल बढेको देखिन्छ । मोरङ ६ मा केही दिन यतादेखी कांग्रेस प्रवेश गर्नेहरुको लहरनै चलेको छ ।
अधिकांश संघीय समाजवादी फोरम नेपाल र एमालेका कार्यकर्ता कांग्रेस प्रवेश गरिरहेका छन । मंगलवार विहान विराटनगर—१२ स्थित राजवंशी टोलको दुर्गा मन्दिरमा एकै पटक २ सय ५० जना कांग्रेसमा प्रवेश गरे । १२ नम्वर वडाका काग्रेस वुथ सभापति हरि नारायण यादवले विराटनगर—४ वडाको इर्काहीबाट सोमवार राती संघीय समाजवादी फोरम परित्याग गरि २ सय ५० जना कांग्रेसमा प्रवेश गरेको बताए । त्यस्तै मंगलवारनै ५ नम्वर वडाबाट ५० जना कांग्रेसमा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई डा शेखरले फुल , माला र अविर लगाएर स्वागत गरे । यो प्रवेशले कांग्रेसलाई धेरै उत्साहित बनाएको छ डा शेखरले प्रतिक्रिया दिदै भने मेरो विजय सुनिश्चित भैसकेको छ । डा शेखरको समर्थन गर्दै कांग्रेसमा प्रवेश गर्नेहरुको लहर केही दिन यता चलेको हो । दुई साताको अवद्यीमा १ हजार भन्दा बढी विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरिसकेका छन ।
यसैपनि मोरङ ६ कांग्रेसको पकड क्षेत्रनै मानिन्छ । यस क्षेत्रमा फोरम लोकतान्त्रिको समेत वाहुल्यता छ । स्थानीय निर्वाचनमा कांग्रेस र फोरम लोकतान्त्रिले प्राप्त गरेको मत मिलाउदा डा शेखर स्पर्धी वामगठबन्धनका उम्मेदवार लालवावु पण्डित भन्दा १ हजार ७ सय मत अन्तरको अग्रतामा छन ।
विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुको लहरले डा कोइरालालाई थप मजवुत पारेको छ । त्यसो त राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विराटनगर आएर डा कोइरालालाई विजय गराउन आफ्ना कार्यकर्ताहरुलाई रुखमा भोट हाल्न सार्वजनिक रुपमै अपिल गरिसकेका छन ।
स्थानीय निर्वाचनमा राप्रपाले मोरङ ६ वाट २ हजार ८ सय मत प्राप्त गरेको थियो । संयुक्त लोकतान्त्रिक गठबन्धनको मतले डा कोइराला स्पर्धी उम्मदेवार भन्दा ४ हजार ३ सय ठूलो अन्तरले अग्रतामा छन ।
पार्टी परित्याग गरि आउनेको संख्या बढदै गएकोले मोरङ क्षेत्र न ६ वाट डा शेखर स्पर्धी उम्मेदवार भन्दा ५ हजार ५ सय मत अन्तर विजयी हुने अनुमान काँग्रेस कार्यकर्ताले गरेका छन्।