arrow

एमालेले रच्यो महाकाली पुल बन्न नदिने जालझेल

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
deuba9.jpg

कञ्चनपुर। महाकाली पुल बन्न नदिने षड्यन्त्रमा एमाले लागेको छ। जनताको आँखामा छारो हालेर चुनाव जित्न कुनै मुद्दा नपाएपछि नेपाली कांग्रेसको अगुवाईमा सिलान्यास भइ निर्माण कार्य अगाडि बढीसकेको चार लेनको महाकाली पुल बन्न नदिने जालझेलमा एमाले लागेको हो।

आसन्न निर्वाचनलाई केन्द्रित गरेर एमाले कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा सार्वजनिक गरेको स्थानिय घोषणपत्रमा ठेक्का सम्झौता सम्पन्न भई प्रधानमन्त्रीबाट सिलान्यास भइसकेको र निर्माण कार्य समेत अगाडि बढी सकेको महाकाली पुलको डिजाइन नै परिवर्तन गर्ने कुरा अगाडि बढाएपछि यसलाई पुल बन्न नदिने षडयन्त्र भएको दोधरा चादँनीका स्थानियवासीले बताएका छन् । 

एमालेले आफ्नो घोषणा पत्रमा महाकाली पुलको डिजाइन नै परिवर्तन गरिने उल्लेख गरेको छ । एमालेको यस प्रकारको विकास विरोधी षडयन्त्रको पछाडि पुल बन्न नदिने षडयन्त्र लुकेको भन्दै महाकाली नगरबासी आक्रोसित भएका छन् ।

 सुदूरपश्चिमबाट सरकारमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व भौतिक योजना तथा यातायत मन्त्री रमेश लेखक, पूर्व सिचाई मन्त्री एनपी साउद र वर्तमान भौतिक पूर्वाधार तथा यातायत मन्त्री वीरबहादुर बलायरको अथक प्रयासपछि मात्र महाकाली नदीमा चार लेनको पक्की पुलको सपना विपनामा कार्यन्वयन हुन थालेको बताउदै यहाँका स्थानियवासीले विकाश विरोधीलाई पाखा लगाउने बताएकाछन् । 

पुलको डिजाइन परिवर्तन गर्ने कुनै आवश्यकता र औचित्व नै नभएको अवस्थामा आफूले केही गर्न नसकेपछि नेपाली कांग्रेसका नेताहरुको पहलमा बन्न लागेको पक्की पुलको निर्माण रोक्न खोजे त्यसको प्रतिकार मतदानबाट देखाइदिने दोधरा चाँदनीका बासिन्दाले व्यक्त गरेका छन् । 

महाकाली नगरपालिका ७ का कमलेश भट्टले भने, ‘महाकालीमा पक्की पुल हजुरवुवा, बुवा र हाम्रो गरि तीन पुस्ताको सपना हो । पुल बन्न नदिने षडयन्त्र कुनै पनि हातलमा  पुरा हुन दिदैनौ ।’

विकास विरोधी र जनभावना विपरित जाने कुनै पनि राजनीतिक दललाई जनताले आफ्नो मताधिकार मार्फत देखाइदिने भट्टले दावी गरे । डिजाइन परिवर्तनका कुरा गरेर बन्न लागेको पुल बन्न नदिने र योजनालाई अझ ५ वर्ष पर धकेल्ने षडयन्त्र नगर्न महाकाली नगरपालिकाका मेयर वीरबहादुर सुनारले चेतावनी दिएका छन् । उनले भने, ‘यस किमिसका हर्कत बन्द गर्नु पर्छ । चुनावको मुखमा यस किसिमका बकम्फुसे तर्क जनता पत्याउदैन । ’ 

महाकाली पुल आयोजना प्रमुख प्रदीप भण्डारीले डिजाइन स्विकृत भएर नेपाल सरकारले ठेक्का सम्झौता समेत गरेर पक्की पुलको काम अगाडि बढिसकेको अवस्थामा फेरि नयाँ डिजाइनका कुराले निर्माणमा समस्या निम्त्याउने बताए । उनले भने, ‘ यो कुरा हुन सक्दैन । 

डिजाइन स्विकृत गरेरै काम अगाडि बढेको छ । यसमा समस्या सिर्जना गर्नु भएको काम हुन नदिनु हो । ’ यसका साथै एमालेले पुलको पश्चिमपट्टि ब्यारेज र हेड राखेर दोधरा चाँदनीमा सिचाई पुर्याउने भनेर अर्को झुटो कुरा गरेर जनतालाई भुक्याइरहेको छ । जवकी महाकाली एकिकृत सन्धी १९९६ को एक्ट ४ मा सारदा नहरको उपयुक्त ठाउँबाट दोधरा चाँदनीमा सिचाईको लागि १० घन मि. प्रति सेकेन्ड पानी उपलब्ध गराउने भन्ने प्रष्ट उल्लेख छ। दोधरा चाँदनीमा नहर निर्माणका लागि शारदा व्यारेजको करिव १२०० मिटर नहर भारत सरकारले निर्माण गर्ने सहमती भएको छ । 

सो सम्झौता अनुसार दोधरा चाँदनीको उत्तर तर्फ नहर निर्माण गर्ने गरि डिजाइन तयार गरि बुझाइसकिएको अवस्थामा अर्को व्यारेज बनाएर सिचाई सुविधा पुर्याउछु भन्नु हालसम्म दोधरा चाँदनीमा भइरहेका विकास निर्माणका कामका बिषयमा ती नेताहरुलाई केही पनि थाहा नभएको प्रष्ट भएको महाकाली ४ का वीरबहादुर चन्दले बताए ।

यहाँको सिचाईको कुरा दुई देशबिच भएको सन्धीले नै प्रष्ट पारिसकेकाले कसैले जनता झुक्क्याउन यसो गर्छु उसु गर्छु भन्नुको कुनै तुक नभएको महाकाली सिचाई आयोजनाका एक उच्च अधिकारीले बताए । 

यसका साथै एमालेले नेपाली कांग्रेसले गरेका विकास निर्माणका कामलाई आफूले गरेको भन्दै प्रचारवाजी गरिरहेकोमा स्थानिवासीले नै प्रतिकार गरेका छन्।a



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ