arrow

प्रधानमन्त्री देउवाको स्पष्ट आव्हानः ‘कम्युनिष्ट अधिनायकवादका विरुद्धमा कांग्रेसलाई भोट’

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
444444.JPG

मिर्लुङ्ग । प्रधानमन्त्री तथा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको अधिनायकवादी सोचलाई रोक्नका लागि नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।  

भानु नगरपालिका वडा नं १२ को मिर्लुङ्गमा आयोजित कांग्रेस स्थानीय नेता श्रीभद्र पण्डितको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् ।  

उनले जबजब देशलाई संकट पर्छ तबतब नेपाली कांग्रेसले देशलाई जोगाउँदै आएको बताउँदै अहिले कम्युनिष्ट गठबन्धनको नाममा देशमा संकट निम्त्याउन लागेकाले त्यसलाई रोक्न कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गरे । 

तनहुँ जिल्ला नेपाली कांग्रेसको उद्गम स्थल रहेको बताउदै देउवाले यहाँका सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी हुनेमा विश्वस्त रहेको बताए । 

यस्तै कांग्रेस बरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार रामचन्द्र पौडेलले तनहुँमा हालसम्म भएका विकासका कामहरु सबै नेपाली कांग्रेसले गरेकाले आगामी दिनहरुमा हुने विकास निर्माणका लागि नेपाली कांग्रेसकै नेतृत्वनै चाहिने भएकाले कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन अग्रह गरे ।

मर्लुङ्ग क्षेत्रको पुर्वाधार विकास गरेर साहित्यिक पर्यटकहरुलाई भित्राउन सक्ने योजनाहरु आफुसित रहेको बरिष्ठ नेता पौडेलको भनाई थियो । 

उनले राजनीतिक परिवर्तनको समय सकिएर अब विकासको युग सुरु भएकाले जिल्ला भित्रका डाँडाकाँडाहरुलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने र विदेशी पर्यटकहरुलाई त्यस क्षेत्रसम्म पुर्याउन सक्ने योजना र भिजन नेपाली कांग्रेससंग मात्र रहेको बरिष्ठ नेता पौडेलको दाबी छ । 

सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार गोविन्द भट्टराईले देशको निकास र विकासको साथी भनेकै नेपाली कांग्रेस रहेकाले तनहुँका जनता कांग्रेस उम्मेदवारलाई जिताउनका लागि आतुर रहेको बताए । 

कांग्रेसको पक्षमा मत माग्न गत कात्तिक ३० कविता बाचन गर्दागर्दै हृदयघातको कारण मृत्यु भएका कांग्रेस स्थानीय नेता श्रीभक्त पण्डीतको श्रद्धान्जली सभालाई  नेपाली कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार लक्ष्मी आचार्य, सरिता गुरुङ्ग, पुर्व सांसद रामचन्द्र पोख्रेल, महासमिति सदस्य आनन्द त्रिपाठी, लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । 

उक्त श्रद्धान्जली सभाको सभापतित्व चिरञ्जीवी ढकालले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ