काठमाडौं । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस चितवनको फिस्लिङमा दूर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बसा सवार ५ जनाको ज्यान गएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ भने प्रहरी र स्थानीय बासीले १० जनाको सकुशल उद्दार गरिसकेका छन् । बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको बसमा कतिजना यात्रु सवार थिए भन्ने यकीन भइनसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।