arrow

चितवनमा काँग्रेसको दुई सिट –बुर्लाकोटी 

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार

चितवन । चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार राजेन्द्र बुर्लाकोटीले चितवनमा नेपाली कांग्रेसले २ सिट जित्ने दाबी गरेका छन् । 
बुधबार विहान रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता बुर्लाकोटीले यस्तो दाबी गरेका हुन् । 

उनले भने,“चितवनमा कांग्रेसको विकल्प छैन, हामी विना यहाँको विकास सम्भव छैन, यो कुरा यहाँका जनताहरुलाई राम्रोसँग थाहा छ, त्यसैले यो निर्वाचनमा जनताले हामीलाई अत्यधिक बहुमतले विजयी गराउनु हुनेछ ।”
साक्षात्कारमा बोल्दै उनले पार्टीले आफूलाई बलियो उम्मेद्धवार ठानेर र विगतमा गरेको कामबाट प्रभावित भएर नै उक्त क्षेत्रबाट उम्मेद्धवार बनाएको स्पष्ट पारे । उनले भने,“पार्टीले जिम्मेवारी दिएपछि उम्मेद्धवारी दिएको हुँ । मैले जित्छु, मेरा प्रतिष्पर्धी सुरेन्द्र पाण्डे दुईपटक सांसद भए तर उनले यहाँ विकासको कुनै पनि पूर्वाधार खडा गर्न सकेका छैनन् । यो सत्य कुरा हो ।”
उनले समग्र मुलुकको विकास र समृद्धिको लागि कांग्रेसको विकल्प नभएको भन्दै चितवनमा पनि आफ्नो पार्टीको विकल्प नभएको दाबी गरे । 

उनले भने,“जति पनि विकास भएका छन्, ती सबै कांग्रेसकै कारण भएका छन्, हाम्रो पार्टी सरकारको नेतृत्वमा पुग्दा नै यहाँ विकासका लहरहरु आएका छन्, यो कुरा सारा चितवनवासीलाई थाहा छ ।”
उनले आफ्ना प्रतिष्पर्धी एवम् एमाले नेता सुरेन्द्र पाण्डेको दाबी गलत भएको आरोप लगाए । 

उनले भने, “उनी अर्थमन्त्री हुँदा पनि चितवनका सडकको लागि एक रुपैयाँ पनि पैसा आएको छैन । वार्षिक तीन करोड रुपैयाँ चाहीँउनले उपभोक्ता बनाएर आफ्नै कार्यकर्तालाई पैसा बाड्ने काम भयो, चितवनका कलेजहरु कांग्रेसकै पालामा ल्याएको, स्वास्थ्यको कुरा गर्नुहुन्छ भने मुटु र मृगौलाको निःशुल्क शल्यक्रिया र उपचार पनि हाम्रै पार्टीका नेता गगन थापामन्त्री हुँदा भएको हो ।”
त्यस्तै उनले चितवनमा कृषि तालिम केन्द्र पनि कांग्रेसकै पालामा बनेको स्पष्ट पारे । 

यद्धपी उनले कांग्रेसले राम्रो काम गर्दागर्दै पनि हार्नुको कारण चाहीँ विशिष्ट परिस्थिति नै भएको जिकिर गरे । 

उनले भने,“पूर्वपञ्चहरु एमालेमा गए, त्यतिवेला कांग्रेसमा विवाद थियो । अहिले विवाद छैन । यो क्षेत्रमा अहिले मेरो निर्विकल्प उम्मेद्धवारी हो । सबै कांग्रेसीहरु एक छन् । म चुनाव जित्छु ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ