arrow

कम्मल बाँड्दा लखेटिएका एमाले उम्मेदवार स्याङ्तानले बाँड्न पठाएको चामल नियन्त्रणमा

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
chamal_baramad.jpg

मकवानपुर । चुनाब हार्ने मनस्थितिमा पुगेपछि मकवानपुरको क्षेत्र नम्बर २ का कम्युनिष्ट गठबन्धनका उम्मेदवारले चुनाबी आचारसंहिता लत्याउदै विभिन्न सामान बाड्ने र भोट माग्ने गर्न थालेको छन् । गएराती कम्बल बाँड्दाबाँड्दै मनहरी प्याङ्चेबाट लखेटिएका क्षेत्र नम्बर २ को २ का प्रदेशसभा सदस्य राजाराम स्याङ्तानले बाढी पीडितको नाममा पठाउँदै गरेको एक ट्याक्टर चामल तरुण नेताहरुले नियन्त्रणमा लिएका छन् । 

एक चिनियाँ क्रिश्चियन संस्थाको नाममा मङ्गलबार राक्सिराङको साजकमा चामल र कम्बल बितरण भएको थियो । चामल बितरणको क्रममा राजाराम स्याङ्तानले पठाएको, २१ गतेको चुनाबमा उसलाई भोट दिनुपर्छ भनिएको भन्दै स्थानीयले काङ्ग्रेस नेताहरुलाई जानकारी गराएका थिए । चामल बाड्न एमालेका केही स्थानीय नेताहरु समेत गाउँ पुगेका थिए । 

यसपछि काङ्ग्रेस र तरुण दल मनहरीका नेता कार्यकर्ताले यस्ता गतिबिधि हुन नदिन निगरानी बढाएका थिए । ूगरिबको नाममा केही सामान दिएर एमालेलाई भोट देउ भनेको पाएपछि हाम्ले निगरानी गरिराखेका थियौंू, काङ्ग्रेसका मनहरीका नेता नवराज लामाले भने,'मनहरी बजारबाट ४ नम्बर वडा ट्वाङ्ग्रा लैजान लागेको एक ट्याक्टर चामल र कम्बल नियन्त्रणमा लिएर मनहरी प्रहरीलाई बुझाएका छौँ ।' निर्वाचन र मतदातालार्इ प्रभाव पार्ने गरि हुने यस्ता गतिबिधिलाई रोक्न आफूहरु सकृय रहेको जानकारी दिँदै उनले यस्ता क्रियाकलाप रोक्नुपर्ने बताए । 

यता काङ्ग्रेस मनहरी गाउँपालिकाका उपसभापती नुरज पौडेलले प्रहरीसँग घटनाको बिषयमा जानकारी लिइरहेको बताउदै वाम गठबन्धन हारको मानसिकतामा अघि बढेको र मतदातालाई प्रभावित बनाउन अनेक हतकण्डा प्रयोग गरिरहेको बताए । काङ्ग्रेसका नेता तथा कार्यकर्ताले बाड्ने नै भए इलाका प्रहरी कार्यालयबाटै कुनै प्रलोभन नदेखाई, भोट नमागी चामल तथा कम्बल बाड्नुपर्ने माग गरेका छन् । यता इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख ९प्रहरी निरीक्षक० चित्र घलेले घटनाको अनुसन्धान भैरहेको बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ