arrow

दुग्ध उद्योगमा आगलागी, करोडौको  क्षति

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
aaglagi_bhaktapur.jpg

मंगलबारे, इलाम । सूर्योदय नगरपालिका ६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा  एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ । 

बिहान ५:३० बजे खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत् चुहिई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले जानकारी दिए । आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनाका साथै यन्त्रमा समेत क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको दमकलका प्रयासमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ