arrow

काँग्रेस जनताको साझा पार्टी हो : प्रधानमन्त्री

लोकतन्त्रको ढोका खुल्यो : बरिष्ठ नेता पौडेल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ मंसिर १३ बुधबार
deuba5.JPG

स्याङ्जा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय निर्वाचन परिचालन संयोजक बालकृष्ण खाँणले स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा सम्वोधन गरेका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकाको खेलमैदानमा चुनावी आमसभालाई प्रधानमन्त्री सहित त्रिनेताले सम्वोधन गरेका हुन् । चुनावी आमसभामा सम्वोधन गर्दै प्रधानमन्त्री तथा पाटी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शासन पद्धतीको एक मात्रा पाटी नेपाली काँग्रेस मात्रै भएको बताए । मुलुकको हरेक परिवर्तनको वागडोर सम्हालेको पार्टी नेपाली काँग्रेस नेपाली जनताको साझा पाटी भएको प्रधानमन्त्री देउवाको भनाई थियो ।

बामगठबन्धनले मुलुकलाई अधिनायकवाद तर्फ धकेल्न खोजेको आरोप लगाउदै प्रधानमन्त्री देउवाले काँग्रेसले कहिल्यै नेपाली जनतालाई दुःख नदिएको, हत्या हिंसा नगरेको पार्टी भएको बताए । बामगठबन्धले मात्रै समृद्ध मुलुक बनाउने भाषण गर्दै हिड्ने एमाले अध्यक्ष र माओवादी अध्यक्ष प्रति लक्षीत गर्दै देउवाले भने,“समृद्धको नारा थाहा नपाएका गठबन्धनले कसरी मुलुकलाई समृद्ध बनाउन सक्छन् ।” स्वदेशी र विदेशी लगानी नल्याए सम्म मुलुक समृद्ध बन्न नसक्ने र कम्युनिष्ट शासन आएमा बैदेशिक लगानी नआउने उनले भने ।

चुनावी आमसभामा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अव लोकतन्त्रको ढोका बन्द गर्ने सपना नदेख्न बामगठबन्धलाई चेतावनी दिए । अव विकासको ढोका खुलेको छ बरिष्ठ नेता पौडेलले भने,“नेपाल लोकतन्त्रको बाटोमा हिडिसकेको छ ।” मुलुकमा प्रजातन्त्र आएपछि विकासको ढोका खुल्यो भन्यौ पौडेलले भने,“नेपालका कम्युनिष्ट पार्टीले बेला बेलामा आतंक, हिंसात्मक गतिविधि र वितण्डा मच्चाएकाले विकासको गति हुन सकेन ।”
 
लोकतन्त्र कमजोर भयो भने नेपाली जनता कमजोर हुने बताउदै पौडेलले अव जंगबहादुरवाद र महेन्द्रवाद नेपालमा कहिल्यै नआउने बताए । नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभा उमेदवार गोपालमान श्रेष्ठले स्याङ्जाको विकास सगै समृद्ध बनाउन मेरो उमेदवारी रहेको बताए । हरेक विकासको शुरुवात काँग्रेस बाटै शुरु भएको बताउदै श्रेष्ठले मुलुकको भविष्य काँग्रेसकै हातमा रहेको दावी गरे । अर्का नेता निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालका कम्युनिष्ट पार्टीले संविधान उल्टाउने, व्यवस्था बदल्ने र ५० बर्ष कम्युनिष्ट शासन गर्ने बताउदै आएको बताए । नेपालमा कम्युनिष्ट शासन आउने सपना नदेख्न खाँणले चुनौती दिए । नेपालभरी काँग्रेसमय र लोकतान्त्रिक शक्तिमय भएकोले यो निर्वाचनमा लोकतान्त्रिक शक्तिको विजयी भइसकेको बताए ।

वालिङमा भएको चुनावी सभामा स्याङ्जाका सभापति तथा स्याङ्जा क्षेत्र नं. १ प्रदेशसभा २ का उमेदवार कमलप्रसाद पंगेनी, प्रतिनिधि सभाका समानुपातिक उमेदवार मोहोनप्रसाद पाण्डे, प्रदेशका प्रत्यक्ष उमेदवार विष्णुप्रसाद पौडेल, भागवतप्रकाश मल्ल, समानुपातिक उमेद्वार सरस्वती अर्याल तिवारी, माया राना, लिल वहादुर रनपाल, क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल लगायतका बक्ताहरुले वोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ