arrow

गगन र मतदाताबीचकाे बहसमा बाेलाउँदा पनि अाएनन् राजन

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
gagan-rajan.png

काठमाडौं । काठमाडौ क्षेत्र नं. ४ का एमालेका उम्मेदवार राजन भट्टराई मतदाताको प्रश्न र अर्का उम्मेदवार गगन थापासँग सवालजवाफ गर्न नसकेर भागेका छन् ।  विभिन्न सामाजिक संघसंस्थाहरुले स्वतन्त्र रुपमा आयोजना गरेको दुई उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदवार भट्टराईले कार्यक्रममा आउने बचन दिएपनि अनुपस्थीत भएका हुन् ।

केही दिन अगाडी देखि दुवै उम्मेदवारहरुसँग समय लिएर कार्यक्रम तय गरेको भएपनि अन्तिम समयमा आएर भट्टराईले कार्यक्रममा आउन नसक्ने जानकारी गराएको आयोजकहरुले बताएका छन् । कारखाना नामक शैक्षिक अनुसन्धानात्मक संस्था र स्वतन्त्र नागरिक सञ्जालले अन्य विभिन्न संस्थाहरुको सहयोगमा मंगलबार मध्यान्ह १२ बजेदेखि अपराहन्न ४ बजे सम्म काठमाडौको ज्ञानेश्वरमा ‘मतदाता मेला‘ कार्यक्रम आयोजना गरेका थिए ।

आयोजकहरुले केहीदिन देखि नै कार्यक्रमका बारेमा व्यापक प्रचार प्रसार गरी आफ्ना उम्मेदवारलाई प्रश्न सोध्न मतदाताहरुलाई आह्वान गरेका थिए ।  कार्यक्रममा भट्टराई अनुपस्थीत हुनेपछि आयोजकले थापालाई पनि नआउन जानकारी गराएका थिए ।

आफ्नो क्षेत्रमा कस्ता कस्ता उम्मेदवारहरु उठेका छन्, सहि तरिकाले भोट कसरी हाल्ने, आफ्नो मतको कसरी सहि सदुपयोग गर्ने जस्ता जानकारी दिने उद्देश्यले मतदाता मेला आयोजना गरिएको थियो ।

राम्रा उम्मदेवार चिनौ र चुनौ भन्ने मूल नाराका साथ आयोजना गरिएको मतदाता मेलामा राष्ट्रिय स्तरका कलाकारहरुले गीत संगीतको माध्यमबाट निर्वाचन सम्बन्धी जानकारी तथा मनोरंजन पनि प्रदान गर्ने कार्यक्रम रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ