arrow

विश्व समुदायाको आग्रह विपरीत उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
chepyastra.jpg

सोल । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । 

उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको समाचार दक्षिण कोरियाली समाचार समिति, योनहापले बुधबार बिहान जनाएको थियो । विश्व समुदायाको आग्रह र निन्दाकाबीच नै गएको करिब साढे दुई महिनापछि उसले बुधबार बिहान सो क्षेप्यास्त्र प्रहार गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङ्यानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र हानिएको सो समाचारमा उल्लेख छ । सो क्षेप्यास्त्र उक्त प्रान्तबाट पूर्वतर्फ गएको पनि जनाइएको छ । 

उत्तर कोरियाले अहिलेसम्म गरेका यसअघिका सबै परिक्षणहरुमध्ये यो पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकहरुले बताएका छन् । उत्तर कोरियाले गरेको दाबीअनुसार यो अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने शक्तिको रहेको छ । उक्त क्षेप्यास्त्र ५ हजार ४७५ मिटरको उचाइसम्म पुगेको थियो । यो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म पुगेको थियो । यो क्षेप्यास्त्र यसअघि जस्तो जापानी भूभागको माथिबाट भने नगएको बताइएको छ । तर यो जापानी समुद्रमा भने खसेको अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ । 

उक्त क्षेप्यास्त्रले पार गरेको दूरीको बारेमा केही बताइएको छैन । तर पनि विश्लेषकहरुले उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाको भूमिसम्म नै भेट्नेगरी लामो दूरीसम्म मार हान्ने क्षमताका क्षेप्यास्त्रहरुको विकास उसले गरिरहेकोले यस पटकको यो परीक्षण पनि यस्तै शक्तिको भएको जनाएका छन् । यसअघि गत अप्रिल महिनामा पनि उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र पनि निकै शक्तिशाली भएको बताइएको थियो । 

उसले यो वर्षको जुलाई महिनामा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापी रुपमा नै तनाव बढिरहँदा यो फेरि अर्को क्षेप्यास्त्र हानेको छ । यस क्षेप्यास्त्र परीक्षणको घटनाको विश्वव्यापी रुपमा विरोध भएको छ । अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन् । 

यसअघिको एक परीक्षणमा उत्तर कोरियाले जापानको भूमि नघाएर समुद्रमा मिसाइल हानेको थियो । उक्त घटनाको विश्वव्यापी रुपमा नै विरोध भएको थियो । त्यस लगत्तै उसले ६.३ रेक्टरको कम्पन ल्याउनेगरी नै हाइड्रोजन मिश्रित परमाणु परिक्षण नै गरेको थियो । त्यस घटनापछि भने उत्तर कोरिया आगामी दिनमा थप घातक मिसाइलको तयारीमा जुटेको चिन्ता सर्वत्र व्यक्त गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ