बाजुरा । मंगलबार साँझ नेपाली सेना बाजुराबाट गएको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी १२ जना नेपाली सेना घाईते भएका छन् । लु १ ग २७८ नम्बरको ट्रक बेलुका ७ बजेतिर साँफेबगर मंगलसैन सडकखण्डको तिमिल्सेनाको आरोलोमा दुर्घटनाग्रस्त भएको हो ।
समरजीत गुल्म बाजुराका जमदार पुष्पराज बस्नेतका अनसार सिपाई नारायण सिंह महरा र रमेश कठायतको अवस्था गम्भिर रहेको छ । उनिहरु त्रिपुरादल गुल्म दिपायलमा कार्यरत रहेका छन् । घाईते सबैको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ । बाजुरामा निर्वाचन सुरक्षामा खटिएका सेनाको टोली चढेको गाडी अछाम जाँदै गर्दा दुर्घटनामा परेको हो । ब्रेकफेल हुदाँ गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।