arrow

उदयपुर एम्बुस काण्डको पत्रकार महासंघद्धारा निन्दा

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
FNJ-Nepal-patrakar-mahasangh.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघले उदयपुरमा भएको बम विष्फोटनको निन्दा गरेको छ ।  महासंघ उदयपुर शाखाका सदस्य एवं युके एफएममा आवद्ध पत्रकार नवराज पौडेल उदयपुरमा भएको बम विष्फोटनमा परी घाइते भएको घटनाप्रति महासंघले  दुःख व्यक्त गरेको हो । 
 
उदयपुर क्षेत्र नम्बर २ का नेपाली कांगेसका उम्मेदवार नारायण कार्कीको चुनावी प्रचार–प्रसारको समाचार संकलनका क्रममा उदयपुरगढी नगरपालिका–६, मा भएको बम विष्फोटनबाट पत्रकार पौडेल घाइते भएका हुन् । 

उदयपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्कीको चुनावी प्रचार–प्रसारको समाचार संकलनका क्रममा उदयपुरगढी नगरपालिका–६ मा भएको बम विष्फोटनमा परि पौडेल घाइते भएका हुन् । 
 
कार्कीको चुनावी प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको थियो । विष्फोटमा परि नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका थिए । 
 
नेपाल पत्रकार महासंघले प्रत्रकार सम्मेलन गर्दै घाइते पत्रकार पौडेलसहित आक्रमणमा परि घाइते भएका अन्य व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै घाइते सबैको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ