arrow

ललितपुर बुङमतीका जनता भन्छन्,-'हामी टुरिष्ट उम्मेदवारलाई भोट दिन्नौ'

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
Madan_Amatya_1.jpg

ललितपुर । ललितपुर ३ नम्वर क्षेत्र स्थित बुङमतीका स्थानीयबासीहरूले टुरिष्ट उम्मेदवारलाई बहिस्कार गर्ने भन्दै टुरिष्ट उम्मेदवारको विपक्षमा भोट दिने जनाएका छन् ।

नेपाली कांग्रेसबाट लतिलपुर तीन नम्वर क्षेत्रमा  प्रतिनिधि सभा उम्मेदवार दिएका मदन अमात्य  बुधवार विहान बुङमती क्षेत्रमा घर दैलो कार्यक्रममा जाँदा स्थानीय बासीहरुले उनको भव्य स्वागत गरेका थिए । उनीहरुले भने, ‘यो क्षेत्रको सुख दुख बुझेको उम्मेदवारलाई भोट दिन्छौ । एक पटक चुनाव लडे पछि कहिले मुख नदेखाउने टुरिष्ट उम्मेदवारलाई हामी भोट  दिन्नौ । ’  बुङमतीका जनताको सुखुदखमा सधै साथ दिने  नेता ‘मदन अमात्य हो’ भन्दै अमात्यलाई जिताउने उनीहरुले जनाएका थिए ।   

घर दैलो कार्यक्रममा अमात्य जाँहा जाँहा पुग्थे,स्थानीयबासीहरुको सानोतिनो भिड नै लाग्ने गथ्र्यो ।अमात्यसंग सेल्फी खिचाउदै उनीहरुले  भन्ने गर्थे,‘ यसअघि पनि हामीले जिताएर  पठायौ ।अब पनि जिताउछौ ।

’स्थानीयबासीहरुसंगको भेटघाटमा अमात्यले भने, ‘म जहिले पनि बुङमतीको जनतासंग हुन्छु ।  म यहीं क्षेत्रको स्थानीय बासी हुँ ।यहाँको सुख दुख मैले  राम्रोसंग बुझेको छु । ’स्थानीय बासीहरुसंगको भेटमा उनले भने, ‘यो चुनावमा केबल चुनाव मात्र होइन । बामपन्थी गठबन्धनलाई  विजयी गराउने कि लोकतान्त्रिक गठबन्धन लाई जिताउने एउटा जनमत संगह्र पनि हो । ’ लोकतान्त्रिक गठबन्धन पराजय भएमा मुलकमा लोकतन्त्र नासिने र अधिनायकबाद शुरु हुने उनले बताए । अमात्यको भनाइलाई स्थानीयबासीहरुले सहमती जनाएका थिए ।उनीहरुले भने, ‘यती दुख गरेर ल्याएको  लोकतन्त्र हामी मासिन दिन्नौ ।त्यसैले यो पटक हामीले लोकतान्त्रिक गठबन्धनलाई नै भोट दिन्छौ । ’

घरदैलाको कार्यक्रमसंगै ललितपुर ३ नम्वर क्षेत्र (ख)का प्रदेश सभा उम्मेदवार शिवराम बानीया, समानुपातिक उम्मेदवार उर्मिला केसी लगायत स्थानीय नेताहरु पनि संगै बुङमति पुगेका थिए ।  अमात्यले केही दिन देखि घरदैलो  कार्यक्रम र स्थानीय बासीहरुसंगको भेटघाट कार्यक्रमालई तीब्रता दिएका छन् ।

विशेषगरी उनी विहान घरदैलो  र दिउसो स्थानीय बासीहरुसंग भेटघाट गर्ने गरेका छन् । लतिलपुर ३ मा उनको पक्षमा चुनावी माहौल शुरु भएको छ । ललितपुर ३ मा बामगठबन्धनबाट उम्मेदवारी दिएका माओावदी केन्दका उम्मेदवारप्रति ललितपुरका स्थानीय बासीहरुले टुरिष्ट उम्मेदवार भन्दै विरोध जनाउने गरेका छन ।यसको सोझो फाइदा अमात्यलाई भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ