arrow

श्रीलङ्कामा शक्तिशाली आँधीबाट तीनको मृत्यु

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
death-body-new.jpg.jpeg

कोलोम्बो । श्रीलङ्कामा आएको शक्तिशाली आँधीमा परी तीन जनाको मृत्यु भएको समाचार छ । 

यस आँधीको कारण एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन् । 

आँधीले सडक छेउका सयौँ रुख ढालेको छ भने घरहरु पनि पूर्णरुपमा क्षति पुगेको बताइएको छ । आँधी र भारी वर्षाका कारण बिहीबार दक्षिणी र मध्यप्रान्तका सकै बिद्यालय बन्द गरिएको छ । बुधबार राति रुख ढलेर ती व्यक्तिको मृत्यु भएको थियो । सडक, रेल मार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदिप कोदिसिलीले बताए । 

कोलोम्बो नेसनल अस्पतालमा यस आँधीको कारण घाइते भएका कम्तीमा १५ व्यक्ति उपचारार्थ भर्ना भएका ती प्रवक्ताले जानकारी दिएका छन् । 

त्यसैगरी दक्षिणी तटीय क्षेत्रमा माछामार्ने डुङगा पल्टिदा अन्य दुई व्यक्ति बेपत्ता भएका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ