arrow

रुकुममा भोलि हुने मतदानमा काँग्रेस सहभागी नहुने

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
congress-flag.jpg

रुकुम। गत १० गते मतदान स्थगीत भएको रुकुम (पश्चिम) का २ मतदान स्थल मध्ये कांग्रेसले आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मतदान स्थलको (ख) मतदान केन्द्रमा हुने पुनः मतदानमा सहभागी नहुने भएको छ । आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै कार्यकर्तालाई नछोडिएसम्म भोलि १५ गते पुनः मतदानमा सहभागी नहुने काँग्रेसले अडान लिएको हो । 

गत १० गते मतदानका क्रममा कांग्रेसका तर्फबाट मतदान केन्द्रमा प्रतिनिधिको रुपमा बसेका केशववहादुर खड्काले मतपत्रमा एसिड राखेर मतपेटिकामा खसालेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। खड्कालाई बिना कारण फसाईएको भन्दै कांग्रेस आठविसकोट नगरपालिकाले उनको रिहाइको माग गर्दै रिहाइ नगरिए शुक्रबार हुने मतदानमा सहभागी नहुने निर्णय गरेको नेपाली काँग्रेस आठविसकोट नगरपालिकाका संयोजक कमल शाहले जानकारी दिए।

पार्टीको स्थानीय तहले मतदानमा सहभागी हुने निर्णय गरेपनि यसबारेमा अन्तिम निर्णय विहिबार साँझसम्म हुने कांग्रेस रुकुम (पश्चिम) ले जनाएको छ । यसबारेमा छलफल गर्न जिल्ला सभापति प्रेमप्रकाश ओलीसहितको टोली आठविसकोट तर्फ गएको छ । आठविसकोट पुगेर स्थानीय पार्टी समितिसंग छलफल गरेर यसबारेमा अन्तिम निर्णय हुने जिल्ला सभापति ओलीले जानकारी दिए ।

मतदानका विषयमा छलफल गर्न शुक्रबार बोलाईएको सर्वदलीय बैठकमा कांग्रेस सहभागी भएको छैन् । कांग्रेस सहभागी नभएपछि अन्य दलको सहभागतामा बैठक बसेको मतदान अधिकृत कर्णवहादुर कँवरले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ