arrow

शशांकले सोधे, ' तपाई हावादारीको साथमा जानेकी भरपर्दो राजनीतिक शक्तिको साथमा आउने '

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
shashanka-koirala.jpg.jpeg

गैंडाकोट। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काँग्रेसले मुलुकको संबृद्धीको पनि नेतृत्व लिने बताएका छन्। 

नवलपुर क्षेत्र नं १ को चुनावी कार्यक्रममा वोल्दै काँग्रेस महामन्त्री कोईरालाले नेपाली काँग्रेसबाट मात्र परिवर्तन संभव छ भन्ने कुरा ईतिहासमा पटक पटक प्रमाणित भइसकेको बताए। 

हरेक परिवर्तन नेपाली कांग्रेसबाट मात्रै भएको छ र अवको संबृद्धि पनि नेपाली कांग्रेसबाटै सम्भव भएको उनले बताए । 

कार्यक्रममा बोल्दै कोईरालाले भने, जहानिया राणासासनको अन्त्य, निर्दलिय पंचायत व्यवस्थाको अन्त्य, तानाशाही राजतन्त्रको अन्त्य र समावेशि संविधान पनि नेपाली काँग्रेसकै नेतृत्वमा निमार्ण भयो अको पालो समृद्धीको । 

हामी हावादारी गफ र दिवास्वप्न मात्र देखाउदैनौ, हामीले काम गरेर देखाईसकेका छौ । तसर्थ तपाई सपना मात्र बाढ्ने र कल्पनामा रमाउने शक्तिलाई विश्वास गर्नु हुन्छ या कामकाजि राजनीतिक दललाई विश्वास गर्नुहुन्छ, निणर्य तपाईकै हातमा छ कोइरालाले भने।  

केपी ओलिका पछिल्ला अभिव्यक्तिप्रति प्रतिक्रिया दिदै महामन्त्री काईरालाले भने, यो भन्दा अघि ओलीजिको सरकारले पनि निर्वाचन घोषणा गरेको थियो, तर के उहाँले निर्वाचन गर्नु भयो? मेरो प्रश्न तपाईहरुलाई छ । 

कोईरालाले भने संविधानको कार्यान्वयन पनि तीनै तहको निर्वाचन सम्पन्न गरेर नेपाली कांग्रेसले नै गर्दैछ, त्यसैले तपाई आफै समिक्षा गर्नुस–यो देशको कामकाजि राजनीतिक दल कुन हो र कुरामात्रै गर्ने, अरुलाई निचो मात्रै देखाउने र विना आधारका कोरा सपनामा मात्र रमाउने दल कुन हो । 

एमालेले आफुमात्र राष्ट्रवादि शक्तिकारुपमा प्रस्तुत गरेको सन्दर्भमा कोईरालाले भने, ओलीजी भारतीय नाकावन्धिपछि एकाएक राष्ट्रवादि हुनु भयो, तर तपाईलाई थाहा छ, नाकाबन्दिको प्रतिरोधका लागि उहाँले के के गर्नु भयो? 

मैले त उहाँले केहि गरेको देखिन । बरु उहाँ कानमा तेल हालेर सुनेको नसुन्यै गर्नु भयो, आखामा पट्टि बाँधेर देखेको नदेखेई गर्नुभयो र जनतालाई तिमि जे जसरी आफ्नो आवश्यकता पुरा गर्छौ गर भनेर मुलुकमा कालो बजारी भित्र्याउनु भयो । 

नेकपा एमालेको सरकारले बढाएको महंगीले बरु जनताको ढाड सेकिएको भन्दै कोईरालाले भने उहाँको नेतृत्वमा भएको मुल्य बृद्धि अहिलेसम्म पनि घट्न सकेको छैन, किनकि उहाँले त्यो व्यवस्थापन नै गर्न नसकिने गरी स्थापित गरिदिनु भएको थियो । 

अव भन्नुस उहाँको राष्टवादले जनतालाई राहत भयो कि मुल्यबृद्धिले छटपटि? कोईरालाले प्रश्न गर्दै भने । 

आफ्नो अभिव्यक्तिलाई सभ्य र शालिनरुपमा प्रस्तुत गर्नका लागि ओलिलाई आग्रह गर्दै कोईरालाले भने अरुलाई गालि गर्दैमा राष्टबादि भईने होईन, अरुलाई निचो देखाउदैमा नेता भईने पनि होईन । 

मुलुकको प्रधानमन्त्री भई सकेको, एउटा राजनीतिक दलको अध्यक्ष जस्तो मान्छेले बोल्दा प्रयोग गर्ने शब्द, शैलि, आरोप, लाञ्छना के सुहाँउदो छ? तपाईलाई मन पर्छ त्यस्तो? उहाँले आफ्नो वजन आफै घटाई रहनु भएको छ । 

काँग्रेसलाई गालि गर्दैमा राजनीति हुँदैन, आफ्ना योजना प्रस्तुत गरौं, आफ्ना कार्यक्रमहरु प्रस्तुत गरौं, आफ्नो धरातलमा बसेर जनतामा आशा जगायौं भने मात्र जनताको मन जित्न सकिन्छ । 

कोईरालाले थप्दै भने, हामीलाई विश्वास गर्नुस, काँग्रेसलाई बहुमत दिएर विजयी गराउनुस, हरेक परिवर्तन हाम्रै नेतृत्वमा भएको छ, अव आर्थिक क्रान्ति र संबृद्धि पनि हाम्रै नेतृत्वमा गछौं। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ