arrow

जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
japan-flag-std.jpg

टोकियो । जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गरेको समाचार छ । 

सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार घोषणा गरेका हुन् । उनले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गरेको जानकारी शुक्रबार दिएको समाचारमा जनाइएको छ । 

जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो पटक यहाँका सम्राटले राजगद्दी त्यागको घोषणा गरेका छन्। 

जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको राजपरिषदको विशेष बैठकमा हालै सो निर्णय गरेको जानकारी दिए। 

सम्राट अकिहितोले यो निर्णय गरिसकेको जानकारी पनि उनले दिए । उनले अरु कुनै कारणले नभई आफ्नो स्वास्थ्य र उमेरका कारणले यो निर्णय गर्नुभएको पनि प्रधानमन्त्री आबेले जानकारी दिए । 

जापानी सम्राट अकिहितो हाल ८३ वर्षका छन् । उनले राजगद्दी त्याग गरेपछि उनका छोरा ५७ वर्षका युवराजाधिराज नारुहितो राजगद्दीमा बस्ने छन् । 

प्रधानमन्त्री आबेले हालका राजाले गद्दी त्यागगर्ने र युवराजाधिराजले गद्दी आरोहण गर्ने कार्यक्रमलाई जापानमा विशेष समारोहका रुपमा मनाइने पनि बताए । एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ