arrow

एम्बुसमा परेका कार्कीले अस्पतालबाट गरे यस्तो अपिल

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार

उदयपुर । बुधबार उदयपुरको दनुबारबेसीमा बम विस्फोटनमा परि घाईते भएका नेपाली कांग्रेस प्रतिनिधि सभा २ का उम्मेदवार नारायण बहादुर कार्कीले अस्पताल शैयाबाट कार्यकर्ता तथा मतदातालाई अपिल गरेका छन् ।


उदयपुरको नेपालटारमा आयोजित सभालाई सम्बोधन गर्न जाने क्रममा उदयपुरगढि गाउँपालिका स्थित दनुवारबेसीमा कार्की चढेको बोलेरो गाडी एम्बुसमा परेको थियो ।  राजधानी स्थित शिक्षण अस्पतालको शैयाबाट उम्मेदवार कार्कीले घटनाको सर्वत्र विरोध गरेको प्रति आभार प्रकट गर्दै कार्यकर्ताहरुलाई हतास मानसिकतामा नबस्नको लागि आग्रह गरेका छन् ।

 उनले विगतका दिनमा जस्तै लोकतान्त्रिक मुल्यमान्यतामा रहि लोकतन्त्रको पक्षमा लागि रहनका लागि शिक्षण अस्पतालको शैयाबाट अपिल गरेका हुन् । आफ्नो स्वास्थ्य क्रमिक रुपमा सुधार हुदै गएको र शिक्षण अस्पतालका चिकित्सकहरुले आफ्नो सेवाभावका कारण आफु विश्वस्त भएको अपिलमा उल्लेख गरिएको छ ।

 कार्कीको अपिलमा नेपाली कांग्रेसले अंगिकार गरेको लोकतन्त्र, राष्टियता र समाजवाद प्रति पूर्ण विश्वास राखेर आफु प्रति माया भाव दर्शाई कांग्रेसको रुख चिन्हमा मतदान गर्नका लागि अपिल गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ