arrow

रहेनन् पर्सा कांग्रेसका पाका नेता हरिप्रसाद खनाल

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
parsa.jpg

काठमाडौं ।नेपाली कांग्रेसका पाका नेता  हरिप्रसाद खनालको निधन भएको छ । राजनीतिमा सक्रिय पर्सा ठोरीका नेताको ७५ बर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

 काठमाडौं बीर अस्पतालमा उपचार गराइरहेका खनालको फोक्सोको सल्यक्रियाका क्रममा निधन भएको हो । नेपाली कांग्रेस ठोरीको पूर्व इकाइ अध्यक्ष तथा गाविस अध्यक्ष समेत भइसकेका खनाल निष्ठावान र इमान्दार नेताका रुपमा परिचित थिए ।

हाल उनी चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष थिए । खनाललाई जिल्ला तथा केन्द्रस्तरका नेताहरुले समेत पार्टीको सल्लाहकार तथा अग्रज व्यक्तितवका रुपमा सम्मान गर्ने गर्थे ।

खनालको पार्थिव शरीरलाई  शुक्रबार रक्षामन्त्री भीमसेनदास प्रधान, नेपाली कांग्रेसका नेता नरोत्तम बैद्यलगायतले पार्टीको झन्डा ओडाएर श्रन्द्धान्जली ब्यक्त गरे ।

उनको काजकिरिया भने ठोरी–२ गौतमनगर स्थित निजी निवासमै गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ