arrow

प्रहरी कब्जा गरेर एमालेले सिलवाललाई आइजिपी बनाउन खोज्यो – डा रिजाल

logo
किरण न्यौपाने
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार

रंगेली । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सञ्चार मन्त्री एवम् मोरङ्ग क्षेत्र नं.२ का प्रतिनिधी सभा उमेदवार डा. मिनेन्द्र रिजालले नेपाल प्रहरीलाई कब्जा गरेर एमालेकरण गर्न केपी ओलीले नवराज सिलवाललाई आई.जि.पी बनाउन प्रयत्न गरेको बताएका छन् । 

नेपाली काग्रेस क्षेत्र नं.२ ले मोरङ्गको बवियाविर्ता बजारमा आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्दे डा. रिजालले साहै्र अन्याय भयो भन्दै सर्वाच्च अदालत सम्म पुगेका सिलवाल आज को हुन् भन्ने स्पष्ट भएको बताए ।

 उनले भने –आज त्यही एमालेको कार्ड होल्डर नभएको भए, चुनाव नलढी रहेको हुन्थे, तर आज एमालेको कार्ड होल्डर रहेका सिलवाल अहिले ललितपुर क्षेत्र नं.१ बाट एमाले बाट चुनावी लढी रहेको छन् । 

डा.रिजालले भने हामीले समयमै बुद्धि नपुर्याएको भए आज एमालेले प्रहरीलाई कव्जा गर्नेथ्यो, “हिजो माओवादीले सेनालाई कब्जा गर्न खोजेको थियो, त्यसैको सिको गर्दे एमालेले आज पुलीस कब्जा गर्न खोज्यो । 

डा.रिजालले कमरेड मदन भण्डारीले देखाएको बहुदलीय जनवाद अहिले एमालेले त्यागेर दुई कम्युनिष्ट पार्टिले बाम एकता गरेर देशमा सर्वसत्ताबाद लाद्ने खतरा रहेकाले सच्चा एमालेले लोकतान्त्रीक शक्तिलाई सहयोग गर्न आग्रह गरे । 

डा.रिजालले एमालेले मधेशीलाई विदेशी देख्ने र पहाडी संग लढाउने काम गरेर देशलाई कमजोर बनाएर राष्ट्रभक्त नहुने बताउँदै यसले मुलुकलाई कमजोर बनाउने बताए । 

उनले हिमाल, पहाड, तराई सबै धर्म जातजातीलाई जोेड्ने नेपाली काँगे्रस भएकाले अहिले नेपाली काग्रेसले आर्थिक समृद्धि र विकासको नारा सहित चुनावी अभियानमा रहेको बताए । 

सो क्रममा उनले मोरङ्ग क्षेत्र नं.२ स्व. गिरिजाप्रसाद कोइरालको एतिहासीक पृष्ठभुमी जोडिएकाले मोरङ्ग २ लाई स्व. गिरिजाप्रसाद कोइराला स्मारक क्षेत्रको रुपमा विकास गरेर राष्ट्रीय तथा अन्र्तराष्ट्रिय पहिचानको क्षेत्रको रुपमा  विकास गर्ने प्रतिवद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ