arrow

पोल र तार नभएको ठाउँमा ट्रान्सफर्मर पुऱ्याएपछि गोकर्ण बिष्ट विवादमा

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
gokarna_transformar.jpg

गुल्मी । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ। उम्मेदवारहरु आफ्नो पक्षमा जित निकाल्न अन्तिम कसरतमा जुटेका छन्। नयाँ उम्मेदवारले अब यस्तो गर्ने छु भन्ला तर पहिले सोही क्षेत्रमा जितेका उम्मेदवारले बोलेको कुरा पुरा नगर्दा सचेत मतदाताले आच्चो आच्चो पारेका छन्। 

आफूलाई विकासको विम्व भन्न रुचाउने गुल्मी क्षेत्र नम्वर दुईका उम्मेदवार गोकर्ण विष्टलाई २०७० को चुनावमा बोलेका कुरा अहिले पासो बनेका छन्। २०७० को निर्वाचन आफ्नो पक्षमा पारेका विष्ट त्यो क्षेत्रको विकासमा केन्द्रित नभएको र २०४८ सालमा अघि सारिएका केही काम बाहेक विकासका काम अघि नबढे पछि मतदाता विकल्प खोज्न थालेपछि विष्ट आत्तीएका छन्। 

२०४८ सालका जीविस सभापति भएका चन्द्र केसी कांग्रेस उम्मेदवार हुनुले विष्टलाई थप चुनौति थपिएको छ। उनले मतदाता फकाउना आचारसंहिता विपरितका काम गर्दै आएको आरोप लागेको छ। गुल्मी क्षेत्र नम्बर दुईबाट  नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका  उम्मेदवार चन्द्र केसीले आफ्नो मनोनयन पछिको पहिलो कार्यक्रममा  ब्यङ्ग कस्दै भनेका थिए एमाले उम्मेदवार गोकर्ण बिष्टले चुनावको बेला बिजुलीका  पोल र तार झार्छन चुनाव जितेपछि उक्त पोल र तार कहाँ हराउछन् थाहा छैन।

 केसीको उक्त भनाइलाई चरिथार्थ गर्दै एमाले नेता बिष्टले यसपाली पनि आफ्नो चुनावी कार्यक्रमलाई प्रगतिसिल देखाउने नाममा बिजुलीका पोल र तारै नझरेका ठाउँ सिर्सेनी लगायतका केहि वार्डमा ट्रान्सफरमर झारेर फेरि पनि गुल्मेली जनतालाई झुक्याउने प्रयत्न गरेका छन्। २०७० सालको दोस्रो संबिधानसभाको चुनावमा दुई वर्ष भित्र साबिकको तीन नम्बर क्षेत्रका अठ्ठाइस गाविसमा बिजुली बालिदिने प्रतिवद्धता गरेर जितेका बिष्टले हालसम्म अपवाद बाहेक केही गर्न सकेका छैन्। अधिकांस ठाउमा बिजुली विस्तार गर्न सकेका छैनन्। विजुली कस्तो हुन्छ भन्ने विषयमा थाहै नपाएका कतिपक्ष क्षेत्रका स्थानीय रात रात ट्रान्सफर्मर बेलुका बाट वत्ती बोल्छ भन्ने भ्रम छर्न समेत बिष्ट अघि छन्।

 झलनाथ खनाल प्रधामन्त्री हुदा उर्जामन्त्रि भएर सामान्य प्राविधिकले गर्ने काम बिध्युत बक्यौदा नतिरेका कार्यालयका लाइन काटेर चर्चामा आएका बिष्टले गुल्मीमा पनि यस्तै कलाकारिता देखाएर राजनीति गरेका छन् हुनत एमाले भित्र पनि उनलाई कलाकार भन्नेको संख्या पनि  कमि छैन ।
अरुको कार्यक्रममा पनि बिष्टकै कार्यकर्ताको हालीमुहाली २०७० साल यताका पाँच बर्षको अवधिमा साबिकको तीन नम्बरमा कांग्रेस र माओवादीको  पहलमा पनि थुप्रै विकासे कार्यक्रम नगएका होइनन तर बिष्टकै कार्यकर्ताका अवरोधका कारण भनेजसरी सम्पन्न हुन सकेका छैनन्।  

हुनत काँग्रेसले पारेका ठुला ठुला योजनाहरु जसमा तम्घास खाम्सेपानी सुरेटारी हुँदै पुर्कोट दह जाने बाटोलाई बहत्तर करोड सिमल्तरी हुँदै अग्लुङ्ग जाने बाटोका लागि साठी लाख पुर्कोटको छिर्ने काभ्र  हुँदै सिर्सेनी जाने बाटोका लागि पचास लाख र वाग्लाको द्वानेता सिम हुँदै म्यल्पोखरी जाने बाटोका लागि कांग्रेस नेता  चन्द्र केसी खिल्ध्वज पन्थीको पहलमा यति ठुला योजना पनि परेका छन्।  

तर,   एमाले नेता बिष्टले आफ्ना केहि फेसबुके कार्यकर्ता र सम्बन्धित कार्यालयका केहि कर्मचारीको मिलेमतोमा आफुले पारेको भनेर प्रचार गरेर यसैलाई चुनावी मसला गराएर हिडिरहेका छन्।  बिपक्षी मात्र होइन एमाले भित्र हिजो देखि दुख गरेका खास एमालेका  कार्यकर्ता पनि उनको र उनका  आसेपासेका व्यवहारबाट दिक्क भएका छन्। भने उपभोक्ता बाट सम्पन्न हुने अरु पार्टीले समेत पारेका  योजनामा पनि बिष्टले आफ्नै आसेपासेलाइ छिराएर मज्जाले द्रब्यमोह पुरा गराएका छन् जसका कारण जुन कामका लागि रकम पारेको हो। त्यसको सुरुवात मात्र गरेर पचास प्रतिशत रकमबाट बिष्टका कार्यकर्ता पोसिने काम भएको छ बिष्टका यस्ता यस्ता हर्कतका कारण बिष्टलाई यसपालिको चुनाव फलामको चिउरा चवाउनु सरह हुने देखिन्छ।

बिष्टका कार्यकर्ताले देखाएको रबैयाका कारणले पनि यो पाच बर्षको अवधिमा उनि  साझा  नेता सांसद बन्न सकेका छैनन्। भने एमाले भित्रबाट पनि बिष्टलाई अन्तर्घात हुने सम्भावना देखिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ