arrow

मजाकका लागि आत‌ंक, 'खतरा' देखिएको कुकरभित्र ढुङ्गा र माटो

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
danger.jpg

अछाम । अछाम जिल्ला क्षेत्र नं २ (क ) प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा  प्रेसर कुकरमा खतरा लेखिएको र बम हुनसक्ने भन्दै नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गराउँदा त्यस भित्र माटो भरेको अवस्थामा भेटिएको छ ।

प्रेसर कुकर बम हुनसक्ने भनेर जानकारी पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको र त्यसभित्र ढुङ्गा ,माटो र कागज भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । कांग्रेस उम्मेदवार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर उक्त वस्तु फेला परेको हो । 

निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बिष्टको घरमा बम भनेर त्रसाउन उक्त प्रेसर कुकर राखेको हुन सक्ने प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। उम्मेदवार बिष्टले आफ्नो जित सुनिश्चित भएको देखेपछि तर्साउन बिपक्षीहरुले यस्तो गरेको बताए । आफु यस्ता कार्यबाट बिचलित नहुने उनले प्रतिक्रिया दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ