arrow

वामदेवको गढ काँग्रेसले भत्कायो

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
bamdevko_gadh.jpg

बर्दिया । बर्दियालाई आफ्नै विरासत ठानेका एमाले उपाध्यक्ष वामदेव गौतमको गढको रुपमा रहेको वाँसगढी नगरपालिकाका विभिन्न वार्डहरुका मतदाता नेपाली काँग्रेसले आफ्नो पक्षमा ल्याएको छ । बर्दियाबाट पटक पटक जितेर राष्ट्रिय राजनितिमा पुगेपनि वामदेव गौतमले जिल्लाको विकासमा कुनै भुमिका नगरेपछि वामदेवको गढहरु भत्किएको हो ।

बर्दिया जिल्ला लालकिल्लाको रुपमा प्रचार गरिएपनि यसपटक बर्दियामा नेपाली काँग्रेस प्रति जनलहर बढेको छ । बर्दियामा रहेका भुमिहिन, मुक्तकमैया, आदीवासी, जनजाती सवैले विगतका निर्वाचनहरुमा वामपन्थीलाई सहयोग गरेपनि उनीहरुबाट बिकासको कुनै काम नभएको र आफूहरुको उत्थान समेत नभएपछि नेपाली काँग्रेस नै आफूले विकल्पको रुपमा लिएको मुक्तकमैया समाजका विन्तीराम थारुले वताए । थारु केही दिन अघि मुक्तकमैयाको ग्रुप लिएर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । बर्दियामा नेपाली काँग्रेसमा प्रवेश गर्नेको संख्या हजारौं भएपनि पार्टीले वाहिर ल्याएको छैन ।

बर्दियाको बाँसगढी नगरपालिकामा अवस्थित जिल्लाकै विकटवस्ती बबई चेपाङ्गका स्थानियहरु पटक पटक वामदेवलाई जितायौं उनले कुनै माखो मारेनन् भन्दै यसपटकको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार एवम सिँचाई मन्त्री सञ्जयकुमार गौतम र उनको टिमलाई सहयोग गर्ने निर्णय गरेको चेपाङ्ग निवासी भक्तवहादुर वलीले वताए । जतिसुकै वामगठवन्धनको रटान लगाएपनि यसपटक बर्दियाका जनताले नसोचेको नतिजा दिने भएका छन् । 

उनले भने कुरुले, वाटुले, भँगाहा लगायत चेपाँग गाउँका करिव १५ सय स्थानियहरु वामदेव गौतमलाई जिताउँदा जिताउँदा थाकिसकेका छौं । यसपटक विकास प्रेमी नयाँ नेता सञ्जय कुमार गौतमलाई आँखा चिम्लेर सहयोग गर्छौ । बर्दिया घर भन्ने काठमांडौ स्थित आलिसान घरमा वस्ने वामदेवको गढका रुपमा रहेको वाँसगढी, डेउढाकला, जमुनी, कालिका, सोरहवा, वेलुवा लगायतका गाउँहरुका स्थानियहरु वामदेवले राजनितिक वाहेक कुनै विकास नगरेको भन्दै रुष्ट वनेका हुन् ।

वर्दियावासीले वामदेवलाई हेभीवेटको नेताका रुपमा लिए तर बर्दियावासीलाई उनले कहिल्यै पनि आदर्शका रुपमा नहेरेको स्थानियले वताए । यदि वामदेव गौतमले विकासवादी नेता भैदिएको भए ९ पटक मन्त्री वन्दा  बर्दिया स्वर्ग भैसक्थ्यो । सञ्जयकुमार गौतम मन्त्री वनेको छोटो समयमै विकासका धेरै आधार खडा गरेकाले पनि उनीप्रति बर्दियावासीको धेरै आशा पलाएको गुलरिया निवासी सुभाष कुमार पोखरेलले वताए ।

उनले भने सञ्जय गौतमले बबई नदी व्यवस्थापन कार्यालय गुलरियामै स्थापना गर्नु ठुलो काम हो । रजनवा रम्भापुर सडक, विभिन्न स्थानमा झोलुँगेपुल, ग्रामीण सडक, लगायत सयौं साना ठूला विकासका काम गरेर सञ्जयकुमार गौतम लोकप्रिय बनेका छन् । उनले थपे वामदेव गौतम बर्दियाका धरोहर भएपनि उनले विकासमा कुनै योगदान नगरेकाले सञ्जयकुमार गौतम उत्तम विकल्प हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ