डा गोविन्द केसी गगन थापा जिताउ अभियानमा (भिडियो सन्देश)
प्रकाशित २०७४ मंसिर १६ शनिबार
705
Shares
काठमाडौं । सत्याग्रही प्रा डा गोविन्द केसीले काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार एवं काँग्रेस नेता गगन थापाको पक्षमा मत मागेका छन् । उनले थापाको जितका लागिसमेत शुभकामना दिएका छन् ।
चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्ध सत्याग्रह छेंडेका केसीले तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता गगन थापा नै भएको भन्दै गगन थापाले जित्नु पर्ने बताए ।
एक भिडियो सन्देशमा मतदाताले जसले आफ्नो हकहितका लागि अभियान अगाडि बढाउँछ उसैलाई जिताउनु पर्ने भन्दै गगन थापालाई भोट हाल्नुपर्ने बताए । देश भ्रष्ट नेताहरुको पैत्रिक सम्पत्ति नभएको जनताको भएकाले गगन जस्तो व्यक्तिले जनताको पक्षमा काम गर्ने भन्दै उनैलाई जिताउनु पर्ने बताए ।
उनले ‘आइ विस हिम बेष्ट अफ लक’ भनेका छन् ।
सबै प्रयत्नलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु – गगन थापा
गोविन्द केसीको सन्देशप्रति गगन थापाले आभार प्रकट गरेका छन् । समाजिक संजाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘डा गोविन्द केसी न्यायपूर्ण समाजको निर्माणका लागि संघर्षरत हामी सबैको प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँले देखाउनु भएको यो विश्वासका लागि आभार प्रकट गर्दै चिकित्सा शिक्षा ऐन ल्याउन गरिएका सबै प्रयत्नलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु।’