arrow

नरहरिले अमेरिकाबाटै मागे प्रकाशशरणलाई मत

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
narahari-acharya.jpg.jpeg

काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ५ का निवर्तमान सांसद् नरहरि आचार्यले अमेरिकाबाट नै काँग्रेसका उम्मेदवार प्रकाशशरण महतलार्इ मत मागेका छन् । स्वास्थ्य उपचारका क्रममा अमेरिकामा रहेका उनले आसन्न निर्वाचनको लागि महतको पक्षमा मत दिनको लागि आफ्नो क्षेत्रका उम्मेदवारहरुलार्इ आग्रह गरेका हुन् । 

उनले अमेरिकाबाटै भनेका छन् 'यतिखेर हामी नयाँ संविधान अनुसार हुन लागेको प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनमा भाग लिने क्रममा छौं। नयाँ संविधान पछि हुन लागेको यो पहिलो निर्वाचन हो। लोकतन्त्रको संस्थागत विकास गर्न यस निर्वाचनको महत्वपूर्ण भूमिका छ।'यस अघि काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर पाँचका जनताले दुइपटकसम्म मलाई संविधानसभामा निर्वाचित गरेर पठाउनुभएको थियो। उहाँहरुको विश्वास अनुसार नै त्यो समय नेपाली कांग्रेसको नेतृत्वमै हामीले संविधानसभा मार्फत संविधान बनाएका हौं। अब त्यस संविधानको कार्यान्वन गर्ने समय छ। त्यसका लागि पनि संसदमा नेपाली कांग्रेसको नेतृत्व र बहुमत आवश्यक छ भन्ने मलाई लाग्छ।' 

उनले यसपल्ट अस्वस्थताका कारण आफू उपचारका क्रममा रहेको र  नेपाली कांग्रेसले आफू रहेको यस निर्वाचन क्षेत्रबाट डा प्रकाश शरण महतलाई प्रतिनिधि सभाको उम्मेदवारका रुपमा खडा गरेको आफ्ना मित्रलार्इ मत दिन आग्रह गरे । विद्यार्थी कालदेखि नै नेपाली कांग्रेस पार्टीसँग आबद्ध भई प्रजातान्त्रिक आ्दोलनमा योगदान गरेका डा. महतले पार्टी र सरकारमा रहेर कुशलतापूर्वक महत्वपूर्ण जिम्मेवारीहरु सम्हालिसकेकाले उनलार्इ आफ्नो प्रतिनिधिको रुपमा चयन गर्न उनले मतदाताहरुसँग आग्रह गरे । 

उनले भनेका छन् 'यतिखेर पनि यस क्षेत्रको प्रतिनिधित्व गर्दै संसदमा पुग्न उहाँ योग्य हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। त्यसैले यस क्षेत्रका सम्पूर्ण मतदाता दिदीबहिनी दाजुभाइहरुलाई यसपटक डा प्रकाश शरण महतलाई सहयोग गर्न म हार्दिक अनुरोध गर्दछु। साथै यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रदेश सभामा उठ्नुभएका साथीहरु रमा गुरागाईं र रमेश कुमार खड्कालाई पनि सबैको सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ