arrow

इलामको विकासमा खनाल र नेम्वाङ हिरो न जिरो

अलमलमा विमानस्थल

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
jhalnath-subash.png

इलाम। हेव्वि वेट भनिएका एमालेका बरिष्ठ नेता झलनाथ खनाल र एमाले नेता सुवास नेम्वाङले दुई दशक भन्दा बढि राज गर्दा पनि विकास निर्माणका काम नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।  प्रदेश सभाका उम्मेदवारहरुले पनि खनाल र नेम्वाङले विगारेका योजनाको समेत जवाफ दिदै हिड्दा समस्यामा परेका छन् ।  

 एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई उनले चुनाव लड्दै गरेको इलाम क्षेत्र न १ को सुर्यौदय नगरपालिका ४ श्रीअन्तुका युवा बुद्धकाजी लाप्चाले छब्बिसे बजार नजिकको २६ नम्बर नेपाल भारत सिमा पिल्लर नजिकको जमिन मिचेर भारतीयले विद्यालय चलाउँदा किन नबोलेको भन्दै सार्वजनिक रुपमै प्रश्न गरे । उनले सामाजिक सञ्जालमा अतिक्रमित भुमिको तस्विर राखेर लेखेका छन् “सम्मानीत ओहोदामा रहेर पनि सदनमा एक सब्द उठान नगर्नु र चुनावको मुखमा राष्ट्रियताको चर्को नारा लगाउनु ।”

लाप्चाले जस्तै प्रश्न सिमाक्षेत्रका बासिन्दाले पटक पटक चुनाव जितेका खनाललाई गर्ने गरेका छन् । फाटकमा दश गजा मिचेर बनेका गुम्बाका विषयमा खास पहल नगरेको लगायतका विषयमा मतदाताले सोध्ने गरेका छन् ।
उनलाई पशुपतीनगरमा अध्यागमन केन्द्र स्थापना गर्ने पुरानो चुनावी नारा किन पुरा नगरेको भनेर पनि मतदाताले सोध्ने गरेका छन् ।

उनलाई जस्तै पुराना घाउले पिरोल्दैछ एमाले नेता तथा पुर्व संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि । कतिपय सवालको जवाफ दिन नेताहरुलाई पनि सकस पर्ने गरेको छ ।  इलामको निर्वाचन क्षेत्र न २ का साविक १६ गाविस समेट्ने सपना बाढेको गैडे महमाइ सडकको काम २०५७ सालमा शुरु भएको थियो । सडकको ट्रयाक खुले पछि तत्कालीन संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्वाङले सेनामेना सहित स्थानीय गोतामे स्कुलमा पुगेर २०६३ सालमा सडकको उद्घाटन गरेका थिए र तर त्यो बाटोमा उनी फर्के पछि केहिल्यै यात्रु वाहक गाडि चलेनन् ।

 स्यानीय मतदाताका अनुसार एक बर्ष सम्म ट्याक्टर चल्यो त्यसपछि केहि चल्न सकेन । तर , अहिले पनि त्यो सडकमा बजेट खर्च गर्न रोकिएको छैन । नेम्वाङलाई मतदाताले सो सडक किन नबनाएको भनेर सोध्ने गरेका छन् ।
 
गैडे महमाई १४ किलो मिटर सहित सबै गाविसलाई समेट्ने सडकको लम्बाई २६ किलो मिटर भन्दा बढि छ । पछिल्लो समयमा केन्द्रबाट विभिन्न खण्डको नाममा  सो सडककै लागि रकम आउने गरेको छ ।

 
तत्कालिन जिल्ला विकास समिति इलामको रेकर्डमा २०६३ साल देखि २०६८ सम्ममा मात्र केन्द्रिय बजेटनै ६७ लाख रुपयाँ खर्च भएको देखाएको छ । २०६८ असार ३२ गते योजना शाखाले गैडे महमाइ सडकको काम सम्पन्न भएकाले धलौट बापतको रकम ३ लाख ३५ हजार फिर्ता गर्न अनुरोध गरेका छन् । यस भन्दा अघि पछिको हिसाव जिल्ला विकास समितिले पनि फेला पार्न सकेन ।

प्राविधिकहरुले सो सडक भौगोलीक रुपमा चल्न नसक्ने कतै उल्लेख गरेका छैनन् । सो सडकमा वितेको दुई बर्षमा एक पटक  सात लाख चालिस हजार खर्च भएको छ भने एक पटक  दश लाख भएको छ । सबै खर्चमा नेम्वाङका स्वकिय सचिव बुद्धिले परिचालन गरेका छन् । उनले कोषध्यक्ष बनेर ठुलो रकम खर्च गरेका थिए । नेम्वाङले यस्तै योजना मार्फत चुनावी खर्च जुटाएको मतदाताको आरोप रहेको छ ।

गैडे महमाई सडक निर्माण भएको भए महमाई लगायतका इलामको क्षेत्र न २ का बासिन्दाको झापा संगको आवत जावत सहज हुने स्थानीयको तर्क छ । त्यहाँको कृषि उपज तराईको बजारमा पुर्‍याएर विक्री गर्न सकिने भएकाले सडक चुरे क्षेत्रका बासिन्दाको आय आर्जनका लागि समेत फलदायी हुने उनीहरुको अपेक्षा छ ।  प्राविधिक रुपमा कमजोर धरातलमा निर्माण गरीएको सडक कार्यकर्ता पोष्ने र सालका रुख काट्ने नियत मात्र देखिन्छ ।

मोटरेवल सडक निर्माण समिति भनिए पनि यो समितिले ट्याक बनेको बाटोलाई पनि सञ्चालन गर्न सकेन । अहिले गोरेटो बाटो मात्र छ । गैडे सामुदायीक वनमा पर्ने करिब पाँच किलो मिटर बाटोमा ट्याक पनि खोज्नु पर्र्ने अवस्था छ । तारे भिरमा त ट्याकपनि छैन । तर त्यहि भिरका लागि २०६६ सालमा १५ लाख रुपयाँ खर्च भएको तत्कालीन जिल्ला विकास समिति इलामसंगको सम्झौता पत्रले देखाउँछ । यो एउटा उदहारण हो तर अहिले सम्मको रकम बालुवामा पानी भएको छ । स्थानियले गोलीया लिन र भोट माग्न मात्र सडकको प्रयोग भएको आरोप लगाउने गरेका छन् ।

गैडे–महमाई सडक नेम्वाङको असफल योजनाको रुपमा लिने गरिएको छ । झापाको पुरानो सतासीधाम गाविसबाट लक्ष्मीमार्गसम्म करिव चौध किलामीटर बाटो बनाउन अहिलेसम्म एक करोड भन्दा माथी लगानी भएको छ ।

जता वन उता सडक
धेरैले ठम्याएका थिए बाटोको पहिलेको नक्सा परिर्वतन गरेपछि दालमा केहि कालो छ । पछि त्यस्तै भयो । प्राविधिकले पहिले केहि तलबाट बाटोको नक्सा बनाएको थियो । तर, ठुलावडाले बाटोको नक्सानै परिर्वतन गरिदिए । बाटो मात्र परिर्वतन गरेनन् मन्त्रि परिषदबाट दुई सय भन्दा बढि रुख काट्ने अनुमती लिए ।

उसबेला बाटोमा परेका २११ वटा काठहरु विक्री गरेर बाटोमै लगाइयो । स्थानीय बासिन्दा रुख भएतिर बाटो लगेकाले सामुदायीक वनको काठ काट्न मात्र बाटो बनाएको आरोप लगाउँछन् । बाटोका छेउमा देखिने रुखका ठुटाले स्थानीयको आरोपलाई पुष्टी गर्दछ । बाटो बनेपछि महमाइको बन भने सखाप भएको छ । सो सडकले सृजना, भावना, लक्ष्मी, फुलबारी, गैडे लगायतका सामुदायीक वनलाई छोएको छ । सडक बनेपछि सामुदायीक बनको काठभने बाहिरीएको थियो ।

१२ दिनमा पन्ध्र लाखको काम
गैडे महमाइ सडकको कागज अनुगमन गर्दा धेरै नयाँ र आश्चय जनक प्रमाणहरु फेला परे । जिल्ला विकास समितिको एउटा प्राविधिक प्रतिवेदनमा १२ दिनमा पन्ध्रलाख भन्दा बढि रकम खर्च गरेको प्राविधिकको विल फेला पर्‍यो ।

ढुङ्गा माटो खन्ने तथा ढुङ्गा सोलिङ गर्ने काम २०६४ असार १० मा शुरु भएको छ भने असार २२ मा सबै काम सम्पनन भएको जिल्ला विकास समिति इलामका प्रविधिकले विल बनाएका छन् ।

समितिले १५ लाख १८ हजार ४९७ रुपयाँ खर्च गरेको प्रविधिकाको प्रतिवेदनमा उल्लेख छ । २०६६ जेष्ठ १२ मा सम्पनन भएको योजना कार्तिक २९ मा सम्पन्न भएको थियो ।  दोमुखा लालखोला खण्डमा काम भएको धरौटी रकम फिर्ता माग्न समितिले पेश गरेको पत्रमा जिविसका प्राविधिक गोविन्द ढकालले काम राम्रो भएको प्रतिवेदन दिएका छन् ।

पन्ध्र लाखको अनुदानमा २०६६ बैशाख १३ मा शुरु भएको योजना पनि २०६६ असार २९ मा सम्पन्न भएको पाइएको छ । प्राविधिकहरु भन्छन् ‘यस्तो काम त चमत्कार हुँदा मात्र हुन्छ ।’ अहिले पनि सो सडकमा बजेट छुट्याउने क्रम जारी रहेको काफ्ले बताउँछन् ।

पुर्व प्रधानमन्त्री एव नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेम्वाङ  गृह जिल्ला इलाममा सरकारी बजेट बालुवामा पानी भएको  कारण चुनावको मुखमा उम्मेदवारलाई भने पुरानो घाउमा मलम लगाउनै समय खर्चनु परिरहेको उम्मेदवारका निकटहरु बताउँछन् । सभामुख सुवास नेम्वाङ्ग इलाम जिल्लामा धेरै योजना ल्याउनेमा पर्छन । धेरै फल्प भएका योजना पनि उनकै छन् । उनकै सकृयतामा आएको सित भण्डार पनि चल्न सकेको छैन ।

नेताकै चासोमा भारतीय दुतावासले बनाएको सित भण्डार क्षमता अनुसार चल्न सकेको छैन । त्यहाँ पाँच करोड फसेको छ । कहि समय अघि यसलाई मल्टी चेम्बरको बनाउन नेम्वाङले पहल गरेपनि त्यो काम अघि बढेन । विराटनगर देखि झापा सम्मका सित भण्डार सिंगल चयाम्वरमा पनि राम्ररी चलेको थाहा पाएपछि दुतावासलाई प्रस्ताव लेख्न कर्मचारीले मन लगाएका छैनन् ।

यसमा पनि नेम्बाङकै पहल रहेको थियो । नेपाल भारत मैत्री सित भण्डार नामको भण्डार नचल्दा दुतावाससंग ‘मैत्री सम्बन्ध’ हैन चित्त दुखाईको विषय बनेको नगरपालिकाका एक कर्मचारी बताउँछन् । २०६८ चैत्रमा निर्माण सक्ने सम्झौता भएको योजना सकिएको पनि पाँच बर्ष वित्यो तर किसानले सेवा पाएनन् । पाँच करोड ४९ लाख ६६ हजार रुपयाँ कागजमा सकिएको छ । दुई हजार मेटीक टन अटाउने इलाम नगरपालिका ३ शेराको सित भण्डारमा ‘हावा स्टोर’ गरिएको छ ।

अलमलमा विमानस्थल

संविधान सभाको निर्वाचन ताका ‘अब बनीहाल्छ’ भन्दै भोट मागेको फाल्गुनन्द विमान स्थलको निर्माणले गतिलिन सकेको छैन । एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा सिलान्यास गरेको फाल्गुनन्द सुकिलुम्बा विमान स्थलमा गत बर्ष बजेट कम आएकाले ठुलो काम हुन पाएन । तेह्र करोड खर्च लाग्ने अनुमान गरेको विमानस्थल निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुदा काम सम्पन्न हुन नसकेको हो ।

सिलान्यास अघिनै यो विमानस्थाल बनाउन प्राविधिक रुपयमा उपयुक्त नभएको विज्ञहरुले सुझाव दिएका थिए । उनीहरुले झापाको विमानस्थन नजिक रहेको, सडकको सहज पहुच भएको कारण देखाउँदै यो बनाउन आवश्यक भएको सुझाव दिएका थिए । तर खनाल र नेम्वाङले त्यो सुझावलाई नसुनेकाले यो बने पनि नचल्ने कुरामा अडान हुँदा पनि काम शुरु गर्नुपरेको थियो । सबै काम पूरा गर्न अझै १३ करोड भन्दा बढी रकम चाहिने प्राधिकरणका इञ्जिनियरहरु बताउँदै आएका छन् ।

१८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २८ रोपनी जग्गा इलाम जिविस, नगरपालिका, ४८ गाविस, दर्जनौं संघ संस्था र निजीस्तरबाट रकम संकलन गरी खरिद गरिएको थियो । विमान स्थलका लागि दुई करोड २६ लाखको लागतमा जग्गा अधिग्रहण गरिएको थियो ।

द्रुत गतिमा काम नहुदा नागरिकले नेम्वाङ जिल्ला आएपिच्छे विमानस्थल कहिले बन्छ भनेर सोध्ने गरेका छन् ।
विश्लेसकहरु दुबै हेव्वि वेट नेताको फ्लप योजनाका कारण नै प्रदेश सभामा रहेका वाम गठबन्धनका नेताहरु समेत आफुलाई अशुरक्षित ठान्न थालेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ