arrow

राज्यमन्त्री लामालाई हटाउन भन्दै पशुपतिले पठाए देउवालाई चिठी

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
pasupati_rana.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिश गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पठएको चिठीमा राज्यमन्त्री लामाले पार्टी हितविपरीत तथा लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्‍याउने कार्य गरेको जनाउँदै पदमुक्त गर्न सिफारिश गरिएको उल्लेख छ ।

उद्योग राज्यमन्त्री लामालाई पार्टीको महामन्त्री पदबाट समेत निष्काशन गरेको उक्त पत्रमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ