arrow

मतदाताको प्रश्न : श्रीमतीलाई न्याय दिन नसक्ने गुप्ताले हामीलाई कसरी दिन्छन् ?

logo
सुदीप अधिकारी,
प्रकाशित २०७४ मंसिर १६ शनिबार
birjesh-gupta.png

काठमाडौं । महिला हिंशा विरुद्धको १६ दिने अभियान चलिरहँदा कपिलबस्तुकी एक महिला भने न्यायको खोजीमा अझै भौतारिर्इरहेकी छिन् । मुलुकको केन्द्रीय मन्त्री बनिसकेका एकजना राजनीतिकर्मीले दार्इजो नल्याएको अभियोगमा घर निकाला गरेपछि आफ्नै मार्इतीमा आश्रय लिन बाध्य भएकी ती महिलाले अझै विर्सन सकिरहेकी छैनन् त्यो यातनाको समय ।

आफू अन्यायमा परेको भन्दै विभिन्न निकायमा पुग्दा पनि न्याय नपाएपछि माइतीमा बस्न बाध्य भएकी भारतकी छोरी संगीता गुप्तलाई यातना दिएर घर निकाला गर्ने व्यक्ति भने अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिईरहेका छन् । घरमा आफ्नै श्रीमतीलाई यातना दिएको आरोपमा राष्ट्रिय महिला आयोगमा मुद्दा विचाराधिन रहेका ती पूर्व कानूनमन्त्री हुन् बृजेश कुमार गुप्त। आफ्नै श्रीमतीलाई न्याय दिन नसकेको आरोप लागेका गुप्तले जनतालाई न्याय र विकास दिने कुरा गरेपछि उनीमाथि स्थानीय मतदाताहरु नै आक्रोशित बन्न पुगेका छन् । उनीहरुले यो चुनावमा गुप्तलाई मत नदिएर कारबाही गर्ने बताएका हुन् । स्थानीय मतदाताहरुले गुप्तामाथि सोध्नेगरेका छन् 'आफ्नै श्रीमतीलाई न्याय दिन नसक्नेले हामीलाई कसरी न्याय र विकास दिन्छन् भनेर विश्वास गर्ने ?'

संबिधान निर्माणमा महिलाअधिकारको सुनिश्चितताको कुरो उठिरहेको बेला महिलाको पक्षमा काम गर्ने पार्टी भनेर आफूलाई उभ्याउने एमालेबाट उम्मेदवारी दिएका गुफतले गरेको व्यवहार भने एमालेको सो प्रतिवद्धताभन्दा ठीक विपरित रहेको छ। एमालेले महिला हिंशा विरुद्ध शुन्य सहनशीलता अपनाउने भन्दै आफ्नो घोषणापत्रमा नै सो कुरा उल्लेख गरेको छ । संबिधान निमार्ण गर्न लागिपरेकै सांसदबाट श्रीमतीलाई यातना दिएको आरोप सहित दुई वर्ष अघि उनी विरुद्ध राष्ट्रिय महिला आयोगमा मुद्दा दर्ता भएको थियो । गुप्तले बिबाहमा मागेको दाईजो नल्याएको भन्दै श्रीमतीलाई घर निकाला गरेको आरोप लागेको छ।

कपिलबस्तु निर्बाचन क्षेत्र नम्बर ३ बाट सविधानसभामा तराई मधेश लोकतान्त्रिक पार्टीबाट बिजयी भएका निवर्तमान सांसद् गुप्तालाई सात वर्ष अघि बिबाह गर्दा सिआइडी मोडलको स्कारपिओ गाडी माग गरिएकोमा सो अनुरुपको दाइजो नल्याएपछि उनले श्रीमतीलार्इ घरबाट निकालेको आरोप लगार्इएको थियो । उनको यो मुद्दा अझै विचाराधीन रहेको आयोगले जनाएको छ ।  

गुप्ताकी श्रीमती संगिता गुप्ताले माईतीले स्कारपियो गाडी नदिएको भन्दै श्रीमानले हिंसा गर्न थालेपछि दुई पटक आफनो गर्भपतन भएको समेत कुरा पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेकी थिईन् । श्रीमानको यातना पछि चार महिनादेखि घर जान नसकेकी संगिताले आफू घर गए ज्यान समेत जानसक्ने त्यतिबेला पत्रकार सम्मेलनमा बताएकी थिइन् । चार महिनादेखि राष्ट्रिय महिला आयोगमा न्यायको ढोका ढकढकाएपनि अझै आफुले न्याय नपाएको समेत उनले त्यतिबेला बताएका थिए ।

यही विषयलाई लिएर अहिले त्यहाँका स्थानीय मतदाताहरु त्यही विषयलाई लिएर उनी विरुद्ध खनिएका छन् । त्यतिबेला उनले तत्काल सम्बन्ध बिच्छेद नगरे मार्ने समेतको चेतावनी दिइएको बताएकी थिइन् । आयोगले त्यतिबेलागुप्तलाई सो विषयमा कुराकानी गर्नको लागि बोलाउँदा पनि उनी आयोगमा गएका थिएनन् । 

यस बिषयमा सभासद बृजकिशोर गुप्ताले भने आफनो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन्। बिभिन्न बहानामा आफुसंग श्रीमतीले पटक पटक झगडा गरेपछि सम्बन्ध बिच्छेदको लागि अदालतमा निबेदन दिएको समेत सांसद्ले बताए। पाँच वर्षको आफुहरुको छोरा भएपनि छोरालाई समेत आफुसँग बस्न नदिएको भनाई उनको रहेको छ।

उनको यो घरायसी झगडाले उग्र रुप लिँदै जाँदा त्यो मतदातासम्म पुगेको हो। मतदाताहरुले भने उनको यो पुरानो मुद्दालाई नयाँ बनाएर उनी विरुद्ध आक्रोशित बनेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ