प्रदीप हुमागाइले गरे गगन र विश्वप्रकाशलाई जिताउन आव्हान
प्रकाशित २०७४ मंसिर १६ शनिबार
391
Shares
काठमाडौं । नेपाली फुटबलर प्रदीप हुमागाईंले नेपाली कांग्रेसका नेता गगन थापा र विश्वप्रकाश शर्मालाई विजयी गराउन आव्हान गरेका छन् । अमेरिकाको किस्टोन एथ्लेटिकमा प्रशिक्षण सम्हालिरहेका प्रदीपले सामाजिक सञ्जाल मार्फत मत मागेका हुन् ।
गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट र विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा छन् ।
हुमागाइले भिडियो मार्फत भने, ‘नेपाली जनताले प्रतिष्ठित व्यक्ति पाएको छ । जसलाई तपाईको अमूल्य मतले विजय गराउनुहुनेछ भन्ने उपेक्षा लिएको छु । झापा क्षेत्र नम्बर १ बाट विश्वप्रकाश शर्मा र काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा जो नेपाली युवाको ढुकढुकीको रुपमा आफुले आफुलाई प्रमाणित गर्नुभएको छ ।’
हुमागाइले आफ्नो मत माग्ने आधार प्रस्तुत गर्दै अगाडि भनेका छन्, ‘गगन र विश्वप्रकाश आशाका केन्द्र विन्दु हुन् भन्ने मेरो ठम्याइ हो । नेपाली राजनीतिमा सही मान्छे र सही स्थान पाउनुपर्छ मात्र भन्ने कुरा होइन, आफ्नै राजनीतिक पार्टीभित्र पनि सही ढंगले परिचालित हुनु पर्छ भन्नेमा उहाँहरु जहिलै पनि एक्यवद्ध भएर लाग्नु भएको छ ।’
उनले झापा ११ को तर्फबाट खेलेको खेल सम्झदै भने, ‘म अमेरिकामा हुदै गर्दा रंगशालाको प्याराफिटमा झापा ११ को लागि ताली बजाउने विश्व प्रकाश शर्मा र गगन थापा जो आफुले आफुलाई पनि खेलकुद क्षेत्रमा अब्बल विज्ञका रुपमा प्रस्तुत गरेका मसँग उदाहरणहरु छन् ।’ तसर्थ म अपिल गर्न चाहन्छु की तपाईको अमूल्य मत दिएर विजयी गराउनु हुनेछ ।