arrow

गगन थापाको अन्तिम चुनावी भाषण, पशुपति पड्किने, नायिका रेखाले माहोल बनाउने

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
gagan3.jpg

काठमाडौं । नेपाली काँग्रेसका प्रखर युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले आइतबार अन्तिम चुनावी सभा गर्दै छन् । 

काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापाले आइतबार दिउँसो २ बजे कपनको ह्याण्डबल मैदानमा चुनावी सभा गर्न लागेका हुन् । 

क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सदस्य भइसकेका थापाको सभामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालेसमेत विशेष सम्वोधन गर्नेछन् । 

लोकतान्त्रिक गठबन्धन भएपछि एकआपसमा निकै सौहार्द बढेको छ । 

सभामा पशुपति पड्किँदा कलाकारहरुले काठमाडौंको चिसो मौसमलाई तताउने छन् । 

व्यस्त समय निकालेर धेरै भन्दा धेरै कलाकारलाई उपस्थित गराइने थापा निकट स्रोतले बताएको छ । 

नायिका रेखा थापाले समेत माहोल तताउने भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ