arrow

विनोद चौधरीको समृद्धि मन्त्रः मुलुकको आर्थिक समृद्धिका लागि काँग्रेसको जित जरुरी 

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
binoda.jpg

बुटवल । वरिष्ठ उद्योगपति तथा नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक बिनोद चौधरीले मुलुकको आर्थिक समृद्धि नेपाली काँग्रेसबाट मात्रै सम्भव भएको बताएका छन् । 
 
नेपाली काँग्रेस उद्योगी व्यबसायी परिचालन समिति रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी व्यबसायी भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेदवार समेत रहेका चौधरीले अवको आर्थिक परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गर्ने दावी गरे ।
 
लोकतन्त्र र अर्थतन्त्र एक अर्काका पर्यावाची भएको बताउँदै उनले लोकतन्त्र बिना अर्थतन्त्रको सुधार सम्भव नभएको बताए । 

उनले मुलुकमा लामो समयदेखिको राजनीतिक परिवर्तन अन्त्य भएको र अव आर्थिक समृद्धिकोलागि नेपाली काँग्रेसले राजनीति मात्रै नगरेर बिकासका काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 
उनले काठमाडौं पछिको आर्थिक बिकासको केन्द्र बुटवल बन्ने बताउँदै बुटवललाई प्रादेशिक राजधानी समेत नेपाली काँग्रेसले नै बनाउने दावी गरे ।
 
२०४६ को राजनीतिक परिवर्तनपछि नेपाली काँग्रेसले आर्थिक उदारीकरणको नीति लिएकै कारण मुलुकमा बिकासका काम सुरु भएपनि ०५२ मा राजनीतिले बाटो बिराउँदा सोँचेजस्तो बिकासका काम हुन नसकेको उनले उल्लेख गरे ।
 
उद्योगी चौधरीले नेपाली काँग्रेसले ०४८ सालमा लिएको उदारीकरणको नीतिकै कारण अहिले सूचना प्रबृधिको क्षेत्रमा उल्लेखनीय बिकास भएको दावी गरे ।
 
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज गिरीले यस क्षेत्रको औद्योगिक बिकासका लागि एक वर्ष भित्रै बुटवल धागो कारखाना सञ्चालन गर्ने, मोतिपूर औद्योगिक क्षेत्रको स्थापना गर्ने र हजारौं मजदुरलाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । 

यसले मुलुकको आर्थिक बिकास फड्को मार्ने र विदेश पलायन भईरहेका हजारौं मजदुरलाई रोक्न सकिने बताए ।
 
कार्यक्रममा बोल्दै प्रदेश सभा २ २ का उम्मेदवार महेशमान सिंहले नेपाली काँग्रेस उद्योगी व्यबसायीकै पक्षमा रहेको बताउँदै नीजि क्षेत्रको प्रवद्र्धनमा कहिल्यै नचुक्ने बताए ।
 
उनले नेपाली काँग्रेस नेतृत्वको सरकारले बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडकलाई बैकल्पिक व्यबस्था गरि त्यस सडक छेउका घरधनीलाई विस्थापित हुनबाट रोकेको बताए ।
 
बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तार गर्ने क्रममा सडक विभागले सडकको क्षेत्राधिकार भित्रको जग्गा खाली गराउन सूचना गरेको थियो । 

सरकारको हालै उक्त सडक सहि मुलुकका प्रमुख शहरका सडकलाई सहरी सडक नामाकरण गरि वैकल्पिक राजमार्गको व्यबस्था गर्ने निर्णय गरेको छ । 

उद्योग बाणिज्य संघ बुटवलका निवर्तमान अध्यक्ष समेत रहेका उम्मेदवार सिंहले यसकालागि स्थानीय स्तरबाट काँग्रेस नेताहरुले पहल गरेको दावी गरे ।
 
उद्योगी व्यबसायी परिचालन समितिका संयोजक हिराप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक जीवन ओझा, सचिव बोनिन पिया लगायतले उद्योगी व्यबसायीको हितसंगै यस क्षेत्रको बिकासका लागि काँग्रेसले जित्नै पर्ने भनाई राखे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ