arrow

कांग्रेस नेत्रृ खाँडमाथि लक्षित बम प्रहार,खाँडको गाला र हातमा चोट

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
Manju_Khand.PNG

बुटवल । नेपाली काँग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट गराइएको छ ।

धनगढीबाट सिराहा तर्फ जाँदै गरेको बा७ च १९५८ न को गाडीमा सवार खाँडलाई लक्षित गरेर कपीलवस्तुको चन्द्रोटा निजीकै विस्फोट गराइएको हो । विस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरिएको छ । हिजो राती ९.३० को समयमा ठुलो आवाजसहितको विस्फोटले गुडीरहेको गाडीको अगाडीको सिसा फुटेर उम्मेदवार खाँडलाई चोट लागेको छ ।  

चालकको देबे्र साइड अगाडी भागमा बसेकी खाँडको सीसाले गाला र हातमा चोट लागेको छ । राजमार्गको खुला ठाउँमा गरिएको विस्फोटले आँतकित बनाएको र भाग्यले बाँचेको नेता खाँडले प्रतिक्रिया दिइन् । सामान्य उपचार र गोरुसिंगे प्रहरी चौकीमा घटना विवरणसहितको निवेदन दिएर खाँड अहिले सिराहा क्षेत्र न ४ मा रहेकी छन् । घटना बारे प्रहरीलाई पूर्ण जानकारी गराइदा पनि सञ्चारमाध्यमलाई जानकारी नगराइनु र थप अनुसन्धान प्रक्रिया बारे नप्रष्टयाउनुले खाँड रुष्टसँगै आक्रोशित छिन् ।
 

नेत्रृ खाँण नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणकी श्रीमति समेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ