मधेश आन्दोलनका घाईतेको कृतिम खुट्टा हाल्न अनिल रुंगटाले सहयोग गर्ने
विश्व अपांगता दिवसमा अनिल रुंगटाको मन पग्लिएपछि
बिजय चौहान,
प्रकाशित २०७४ मंसिर १७ आइतबार
471
Shares
वीरगन्ज । विश्व अपांगता दिवसको दिन चुनावी प्रचार प्रसार अन्तर्गत घरदैलो अभियानमा हिँडेका काँग्रेस नेता अनिल रुंगटाका लागि एउटा संयोगका व्यक्ति भेटिए । मधेशको उत्थानको लागि भनेर मधेशी दलहरुले आन्दोलनमा लगेर घाईते भएपछि अलपत्रै पारेर छाडेका एक पीडितलाई भेटेपछि अनिल रुंगटाको मन पग्लियो । उनले ती घाईतेको सबै अवस्था बुझेर उनलाई कृतिम खुट्टा हाल्नको लागि सहयोग गर्ने बताईरहँदा त्यो दिन संयोगले विश्व अपांगता दिवस नै परेको छ। उनले निर्वाचन लगत्तै काठमाडौं फर्किएर उनको कृतिम खुट्टाको लागि सहयोग गर्ने बताएका छन् ।
तेस्रो मधेस आन्दोलनको क्रममा लागेको घाउको कारण खुट्टा गुमाएर घरमै थन्किएपनि आजसम्म एक पटक समेत मधेसी नेता हाल खबर सोध्न नआएको रमेश मस्तरले गुनासो गरेका छन् । मधेसी जनताको अधिकारका लागि गरिएको आन्दोलनमा सहभागी हुनुर्पछ भन्दै घरबाट एक मधेसी नेताले बोलाई लगेका दिन नै आफ्नो दाहिने खुट्टामा गम्भीर घाउलागि पछि खुट्टा नै काटिएपनि एक जना नेता हालखबर सोध्न नआएको मेस्तरले गुनासो गरे ।
नगवा पोखरीको पश्चिमा भएको आन्दोलनका क्रममा घाइते भएको बेला वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतामा लगेर सामान्य उपचार गराए पछि घर पठाएको केही दिनपछि घाउ बिग्रिँदै खुट्टा गुमाउनु परेको मेस्तरले बताए ।
परिवारको दश जना सदस्यको भरणपोष्णको दायित्व निर्वाहगर्दै आएको म खुट्टा गुमाएपछि घरमै थन्किएको र परिवारको आर्थिक अवस्था दयनीय हुँदै गएपनि नत मधेसी दलकै न त अरु नै दलका नेताले आफूलाई कुनै सहयोग गरेको मेस्तरले पीडा पोखे । उनले मधेसीको अधिकारकालागि भनिएको आन्दोलनमा आफनो सर्वस्व नै गुमाएपनि आन्दोलनमा सहभागि गराउन लग्ने नेताहरुले कुनै मद्दत नगरेको बताए ।
आन्दोलनमा लागेको घाउको समयमा उपचार हुन नसक्दा घाउ विग्रीएपछि टोल छिमेकबाट चन्दा संकलन गरी उपचार गराउँदा गराउँदै खुट्टा काटनु परेको रमेशकी श्रीमती गुडिया देवीले जानकारी दिएन । उनले परिवारको दश जना सदस्यको सम्पुर्ण जिम्मेवारी निभाउँदै आएका श्रीमानको खुट्टा काटिएपछि जसरी तसरी परिवारलाई धान्दै आएको बताए ।
नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बरबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङ्गटा र १को (ख)बाट प्रदेश सभाका उम्मेदवार रहेका विजय सर्राफ आइतबार नगवामा गरेको चुनाव प्रचारका क्रम्मा उम्मेदवारद्वयसंग भेटी मेस्तर र उनकी श्रीमतीले आफ्नो पिडा सुनाएका थिए ।
भेटघाटका क्रममा मेस्तरले आफुलाई कृतिक खुट्टाको व्यवस्था गराइ दिन सांसद उम्मेदवार रुङ्गटासंग आग्रह गरेका थिए । मेस्तर र उनका परिवारजनले घटनाक्रम र परिवारको वर्तमान परिस्थित वारे जानकारी गराएपछि मंसिर २१ गते मतदान सम्पन्न भएलग्तै मेस्तरको कृत्रिम खुट्टा आफनै खर्चमा लगाइ दिने उम्मेदावर रुङ्गटाले प्रतिवद्धता व्यक्त गरे । उनले अहिले निर्वाचन आचारसहिंता लागु रहेकाले चाहेरपनि मेस्तरको मद्दत गर्न नसकीने भएकाले मतदान भएको भोलीपल्टनै मेस्तरको समस्या समाधान गर्न आश्वासन दिए ।