arrow

विश्वप्रकाशले मुलुककै तर्फबाट विदेशमा रहेका सबै नेपालीसँग मागे माफी (भिडियो)

विश्वप्रकाशको सन्देश : ‘मेरो संसद प्रवेशको उद्देश्य खाडीका नेपालीलाई घर फर्काउनु हो’

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
biswa-prakash1.png

काठमाडौं । काँग्रेस नेता एवं झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले विदेशमा रहेका ४० लाख नेपालीसँग मागे माफी मागेका छन् । उनले देशका तर्फबाट  मूलुक बाहिर रहेको ४० प्रतिशत जनसंख्यालाई माफि माग्दै गाउँमै आएर मतदान गर्ने वातावरण बनाउन लागि पर्ने अठोट गरे ।

उनले एक भिडियो सन्देश जारी गर्दै देशबाहिर रहेका नेपालीहरु मतदानबाट बञ्चित भएको अवस्थामा उतैबाट मतदान गर्ने भन्दा पनि त्यो जनशक्ति गाउँ फर्काउने आफ्नो एकमात्र चाहाना भएको बताएका छन् ।

उनले देशभित्रै कसरी रोजगारी सिर्जना गर्ने र बाहिरिएको जनशक्तिलाई घरमै परिवारसँग मतदान गर्न पाउने वातावरण बनाउनु मूख्य चिन्ता हो भनेका छन् । उनले विदेशिएको जनशक्ति हर कुनै हालतले फर्काइनु पर्नेमा जोड दिएका छन् ।

भिडियो सन्देशमा उनले भनेका छन्, ‘मैले समय समयमा भन्ने गर्छु, २ वटा नेपाल छ एउटा हो जोसँग भुगोल पनि छ र भावना पनि छ । अर्को नेपाल जोसँग भावना छ भुगोल छैन । जुन नेपाल भन्दा बाहिर ४० लाखको संख्यामा छ, जोसँग नेपालप्रतिको एक अघात प्रेम छ । मायाँ छ र स्नेह । आज म यो नेपालको कुरा गर्दैँ छु ।  त्यो नेपाल जो अहिले चुनावको वेलामा नेपाल फर्केर आउन पाएको छैन । दशै तिहार सवै पर्व खाडीमै विताईरहेको छ ।’

उनले अगाडि भनेका छन्, ‘नेपाल चिन्नलाई सगरमाथाको उच्चाईमात्र चिनेर हुदैन, खाडीको गहिराई पनि हुन सक्दैन । त्यो खाडीको गहिराईमा म मजाराहरु घुमेको छु । ५० डिग्री तापक्रममा काम गरिरहेका साथिहरुलाई भेटेको छु । त्यसैले यो बेला नेपालमा निर्वाचन भइरहँदा तपाई हरुले जँहा–जँहा बसेर मतदान गर्न पाँउनु भएन तपाईहरु सबैसमक्ष म मेरो देश नेपालको तर्फबाट माफी माग्न चाहन्छु ।’

म सङ्कल्प गर्दछु त्यो दिन यस्तो आउने छ । निर्वाचनमा तपाई जँहा बस्नु भएको छ, त्यही ठाँउबाट मत खसाल्न पाउँनुहुने छ भनेर भन्दिन तपाई आफ्नै देशमा बसेर नेपालकै सितल पहाडमा बसेर आफ्नै आमा, बाबा, छोरी श्रीमती र बालबच्चासँग बसेर साथी संगीका साथ धारा पधेरामा बसेर यही भोट दिन पाउनु हुनेछ । यही पसिना बगाउन पाउनु हुन्छ । तपाईको पीडालाई म बुझ्दछु । म संसदमा गएर यो काम गर्ने छु । खास गरी साउदी अरेयिबा, मलेसिया, कतार जस्ता राष्ट्रमा बसेर अनेकौँ सपना पूरा गर्न लाई धेरै सपनाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल छोडेर गएको चोटहरुलाई म यहाँबाट सुम्सुम्याउने छु, उनले बेलिविस्तामा भनेका छन् ।

म यो बेला सम्झन्छु । कवि नवराज पराजुलीको कविता । म त सगरमाथाको देशको मान्छे । म त संसारको सबै भन्दा अग्लो सिखर सगरमाथाको देशको मान्छे । भो यो कुरा भरे भोली गरौँला अहिले चैँ म जिन्दगिको गहिराई खोज्न खाडी जादैँ छु । मलाई विदा गर्दै गर्दा मेरो श्रीमती को आँशु सोझै टर्वाईनमा खसालेर मेरो देश एक मेगावाट बिजुली उत्पादन गर्दै छ । म चाही मेरो जिन्दगीको उज्यालो खोज्न खाडी आएको छु ।

मत लालीगुराँसको देशको मान्छे । संसारको कुनै महान चित्रकारले पुरै संसारको चित्र कोर्न मेरो देशसँग सापटी माग्नु । म त लालीगुँरासको देशको मान्छे भो यो कुरा परै छोडौँ म चाही मेरी बुढी आमाको आँशु पुच्छन खाडी आएको छु । यो कविताको भाव मेरो देशसँग जोडिएको छ ।

वीपी कोइराला अहिले भएको भए उहाले भन्नु हुन्थ्यो, नेपालको राजनीतिले कुन दिशा लिनु पर्छ राजनीतिक कर्तव्य बुझ्नलाई कँही जानु पर्दैन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा जाउ काठको बाकसमा आएको युवाको लाश हेर त्यो लाशमाथी गाँउमा आमाले बगाउने आँशुलाई हेर उनको श्रीमतीको पुछिदै गरेको सिन्दूर हेर । हेर राजनीतिकर्मीहरु तिमीहरु आफ्नो बाटो पत्तालगाउने छौँ । उहाँ हुनुन्न त्यसैले त्यो कुरालाई हामिले स्मरण गर्नु पर्छ ।

तपाई परदेशमा बसेर देशलाई मायाँ गर्ने यो बेला तपाईको माया सुभेच्छा चाहन्छु यही मेरो भाव सवैसँग पुगोस भन्ने चाहन्छु, विश्वप्रकाशले अनुरोध गर्दै भनेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ