जितपुर, कपिलवस्तु । यहाँको चन्द्रौटा बजारनजिक आज साँझ बम विष्फोट भएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटा बजार नजिक रहेको कवाडी वस्तु थुपार्ने ठाउँमा साँझ विष्फोट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
स्थानीयवासीले शुरुमा गाडीको टायर पड्किएको होला भनेर खासै ध्यान दिएको थिएन । विस्फोट भएको ठाउँको निरीक्षण गरेको प्रहरीले विष्फोटबाट कुनै क्षति नभएको जनाएको छ । रासस