arrow

जनकपुरधामलाई राजधानी बन्नबाट कसैले रोक्न सक्दैन : महतो

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
Rajendra-Mahato.jpg.jpeg

महेन्द्रनगर धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले जनकपुरधामलाई मधेश प्रदेशको राजधानी बन्नबाट कसैले रोक्न नसक्ने बताए। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका महतोले प्रदेश नम्बर २ को राजधानी जनकपुर मात्रै होइन त्यहाँ मधेश सरकार पनि बन्ने बताए र भने – “मधेश सरकार गठन भएलगत्तै जनकपुरधाम प्रदेश नम्बर २ को राजधानी स्वतः बन्नेछ ।” 

जनकपुर उपमहानगरापालिका–१६ कपिलेश्वरमा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता महतोले निर्धक्क भएर राजपाको पक्षमा मतदान गर्न आह्वानसमेत गरे । नेता महतोले आजै जनकपुर उपमहानगरपालिकाअन्तर्गत रामपुर, मुखियापटी मुसहरनिया गाउँपालिकामा भएका चुनावीसभालाई सम्बोधन गरे। 

सभामा राजपाबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश ‘ख’ का उम्मेदवार परमेश्वर साह, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलगायतले बोलेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ