arrow

धनराज धरान पुग्दा भरियो भानुचोक

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
dhanraj1.jpg

धरान । काँग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद धनराज गुरुङ धरान हुँदै इलाम लागेका छन् । आइतबार गुरुङ धरान पुग्दा जनसागर उर्लियो । उनले भानुचोकमा उभिएर हजारौँको भिडलाई सम्बोधन गरे ।

गुरुङले हाम्राकुरासँग भने, ‘म जहाँ पुगेपनि बाक्लो उपस्थिति भएको देखे । यसले के प्रमाणित हुन्छ भने, नागरिक परिवर्तन चाहन्छन्  । र, निष्पक्ष तथा सक्षम नेतृत्व नागरिककाे चाहाना हाे ।’

देश दौडाहामा रहँदा आफुले नयाँ मनोविज्ञान पाएको उनले सुनाए । उनले भने, ‘जनता अहिले सस्तो बाचा गरेर हिड्ने र भोलि संसदमा चुइँक नबोल्ने तथा काम नगर्ने प्रवृत्तिलाई रुचाउँदैनन् भन्ने प्रष्टचित्र, अहिले उर्लिराखेको जनमास हो ।’

कतिपय दल वा नेताले चुनावी सभा गर्दा रित्तो मञ्च हुने गरेको छ, उनले भने, ‘ता कि हामी जहाँ जहाँ गयौँ त्यहाँ उत्साह पायौँ । यसलाई हामी शक्ति प्रदर्शन भन्दैनौँ । जनादेश भन्छौँ ।’ यो हाम्रालागि शुभ संकेत हो ।

गुरुङले आफु धरानबाट इलाम चढ्दै गरेको सुनाए । उनले देशभर लोकतन्त्रप्रति विश्वास गर्नेहरुको लहर देखिएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ