arrow

१८ वर्षपछि घिमिरे र रानाको जम्काभेट

चुनावको परिणाम आफ्नै पोल्टामा पार्न अन्तिम रस्साकस्सी

logo
सीता डोटेल,
प्रकाशित २०७४ मंसिर १७ आइतबार
ghimire-rana.png

पाल्पा  । पाल्पा क्षेत्र नं १ मा नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच १८ वर्षपछि प्रतिस्पर्धामा उत्रिएका छन् ।

पछिल्लो केही हप्तादेखि उनीहरु चुनावको परिणाम आफ्नो पोल्टामा पार्न आमसभा तथा मतदाताको घरदैलोमा पुग्न व्यस्त छन् । पाल्पा क्षेत्र नम्बर १ मा नेपाली काग्रेंस र नेकपा एमाले तथा माओवादी केन्द्रको बामगठबन्धनको चुनावी प्रतिस्पर्धा छ ।

 कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार विजयी घिमिरे र वाम गठबन्धनका उम्मेदवार दलबहादुर रानाबीच देखिएको प्रतिस्पर्धाको कारण जिल्लाको पुर्व भेगको चुनावी माहोल यतिबेला तातेको छ । उनीहरु दुवै उम्मेदवार २०५६ को निर्वाचनमा एकअर्काको प्रतिस्पर्धी भएर जनताको घरदैलोमा पुगेका थिए । ०५६ सालमा घिमिरे कांग्रेसबाट र राना भने मालेबाट उम्मेदवार बनेका थिए । दुवै उम्मेदवारले चुनावमा पराजय भोगे । तत्कालिन समयमा नेकपा एमालेले जितेको थियो । अहिले फेरि उनी पराजित उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

एमालेबाट उम्मेदवार बनेका रानालाई माओवादी केन्द्रको समर्थन छ भने कांग्रेसबाट उम्मेदवार बनेका घिमिरेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले समर्थन गरेको छ । आगामी मंसिर २१ गते हुने संबिधान सभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारद्वय घिमिरे र रानाले जनताले आफुलाई नै बिजयी बनाउने उद्घोष गर्दै जनताका घरदैलोमा पुगेर भोट माग्न व्यस्छ छन् ।

 बिगत २३ बर्षदेखि एमाले बिजयी भएपनि  बिकास निर्माण र जनताको जिवनस्तर उकास्ने काम नभएकाले जनताले यतिवेला परिवर्तन र बिकासका लागि युवाबर्ग खोजेकाले नेपाली काग्रेसलाई बिजयी बनाउने गरि माहोल बनेको घिमिरेले भनाई छ भने रानाले कम्युनिष्ट बहुमतले जनताको स्तर समृद्धिमा तर्फ जाने भन्दै आफुहरुले चुनाव जित्ने बताएका छन् । घिमिरे र राना दुवै जनाले विजयी भएपछि पाल्पाको पुर्व भागको बिकासमा लाग्ने प्रतिवद्धता सहित घोषणा पत्र लिएर जनताको घरदैलोमा मत माग्दै हिँडेका छन् ।

क्षेत्र नम्बर १ मा कडा प्रतिस्पर्धा देखिएको नेपाली काग्रेसका बिजयराज घिमिरे र बामगठनबन्धनका उम्मेदवार दल बहादुर राना जनताका लागि भने नयाँ अनुहार होइन । दल बहादुर राना २०५१ र २०६४ सालको संबिधान सभामा बिजयी भएका थिए । भने २०४६ सालको पञ्चायतविरोधी जनआन्दोलनबाट चर्चामा आएका व्यक्ति हुन् कांग्रेसका बिजयराज घिमिरे ।

२०५६ सालको आम निर्वाचनमा घिमिरेले टिकट पाएका थिए । पार्टीको महासमिति सदस्य समेत रहेका घिमिरे चार्टर एकाउन्टेन हुन् । रामपुर लगायत  पाल्पाको बिकास निर्माणमा केन्द्रमा पहुँचका आधारमा बिकासलाई गाउँसम्म ल्याउने व्यक्ति मानिन्छन् घिमिरे । २०४६सालको आन्दोलनका बेला तत्कालिन समयमा रामपुरमा गाली प्रहार गरिएका जिउदा सहितका रुपमा उनी चिनिन्छन् । बिजयराजलाई हानिएको गोली संगै रहेका आफ्ना दाजु सुर्य घिमिरेलाई लागेको थियो र उनको सोही ठाउँमा ज्यान गएको थियो ।

जनताको पक्षमा सडकमा उत्रिएका उनी त्यहाँबाट भाग्न सफल भएका थिए भने महिलाको भेष पहिरिएर तत्कालिन समयमा सेनाबाट जोगिन सफल भएका थिए । राना पञ्चातकालदेखि नै भूमिगत राजनीति गर्दै आएका व्यक्ति हुन् । सीएमएको स्थायी जागिर छोडेर आन्दोलनमा पञ्चायतविरोधी आन्दोलनमा उत्रिएका राना बन्दी जीवन बिताएका थिए । दुई कार्यकाल केन्द्रीय सदस्य रहेका राना अहिले एमाले पोलिटब्युरो सदस्य र पार्टीको ५ नं प्रदेशको सहइन्चार्ज हुन् ।

कांग्रेसका उम्मेदवार घिमिरेले पुर्वी पाल्पाको माथिल्लो भेगमा रहेको अम्रिसो घारीलाई बिश्वको पर्यटन मार्ग, ३ वटा सडक सञ्जाल, सबै खरका घर धुरीमा टिनको छानो सहितको आकर्षक कार्यक्रम ल्याएका छन् । बागठबन्धनका उम्मेदवार रानाले आर्थिक समृद्धिका लागि बामगठबन्धन नारासहितका बिकास निर्माणका योजना ल्याएका छन् ।

 कांग्रेसका घिमिरे र एमाले उम्मेदवार रानाका विकास निर्माणका विषयमा भने साझा मुद्दाहरू पनि उत्तिकै छन् । राम्दीदेखि गैंडाकोटसम्मको कालीगण्डकी करिडोर सडक पक्की गरी दुई वर्षभित्र नियमित रूपमा यातायात सञ्चालन गर्ने, रामपुर मित्याल अरुणखोला बाटो सञ्चालन गरी रामपुरलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्ने, राम्दीदेखि केलादीघाटसम्म जल यातायात सञ्चालन गर्ने जस्ता साझा एजेन्डा छन् ।

 प्रत्येक घरमा खानेपानी सुविधा, दुई वर्षभित्र घर–घरमा बिजुली, रामपुर ताहुँ आर्यभञ्ज्याङ सडक चौडा बनाउने जस्ता विषय दुवैका प्राथमिकतामा परेका छन् । पुनः पुरानै अनुहारका साथ चुनावी मैदानमा उत्रिएका घिमिरे र रानाको घरदैलो अभियान झण्डै क्षेत्र नम्बर १ का सवै वडामा पुगेको बताएका छन ।

अन्य साना दलले पनि चुनावी कार्यक्रम गरिरहेका छन ।  क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा, मंगोल नेपाल अर्गनाइजेशन, संघिय समाजवादी फोरम लगायत बिभिन्न दल सहित स्वतन्त्र उम्मेदवारले चुनावी अभियान तिव्र पारेका छन । नागरिकले पुरानो लोकतान्त्रिक गठबन्धनलाई खोज्छन या नयाँ कम्युनिष्ट बामगठबन्धनलाई त्यो भने अबको १ हप्ता भित्र थाहा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ