arrow

जनताको रोजाईमा परेका नेता अब्दुल रज्जाक

logo
भरत प्रधान
प्रकाशित २०७४ मंसिर १८ सोमबार
abdul-razzaq.jpg

रुपन्देही । रुपन्देहीको क्षेत्र नंं १ का जनता माझ निकै लोकप्रिय नेताका रुपमा चिरपरिचित नाम हो अब्दुल रज्जाक । जनप्रेमी र बिकासप्रेमी नेताका रुपमा आफ्नो परिचय बनाउन सफल नेता रज्जाक यही मँसिर २१ गते हुन गईरहेको निर्बाचनमा रुपन्देही क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् ।

शिक्षण सेवा हुदै २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका रज्जाक सो क्षेत्रको विकास र समृद्धिका निम्ति अनवरतढंगबाट समर्पित हुदै आएका एक अविचलित, क्रियाशील र लगनशील नेता हुन् । 

२०७० सालमा सम्पन्न भएको सँबिधान सभाको निर्बाचनमा सोही क्षेत्रबाट लोकप्रिय मतका साथ बिजयी भएका नेता रज्जाक हाल खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत हुन् । 

नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सभापति समेत रहेका रज्जाकको रुपन्देही क्षेत्र नं। १ मा मात्र नभएर सिँगो जिल्लामै लोकप्रियता बढ्दो छ । स्थानिय स्तरबाट राजनिती शुरु गरेका नेता रज्जाक गाँउ, क्षेत्र, जिल्ला हुँदै हाल केन्द्रीय राजनितीमा समेत राम्रो पकड बनाउन सफल भएका छन् । 

सरल र शालिन स्वभावका रज्जाक मृदभाषी, मिलनसार र इमान्दार नेताका रुपमा पनि चिनिन्छन् । सर्वसाधारण जनताका गुनासो र समस्या सहज रुपमा सुनिदिने तथा तत्काल समाधानका लागि पहल गरिदिने नेताका रुपमा समेत जनताले उनलाई मान्ने गरेका छन् । 

सबै सर्वसाधारण जनताको सहज सम्र्पक र पहुँचमा रहन सक्ने उनको मूख्य बिशेषता हो । समस्या लिएर जाने जुनसुकै राजनितीक दलका कार्यकर्ता भए पनि सहृदयी ढँगले सबैलाई सहयोग गर्ने स्वभावका कारण उनलाई साझा नेताका रुपमा समेत हेर्ने गरिएको छ । 

आसेपासे र कार्यकर्ताको घेराभन्दा माथी उठेर सबै जनतालाई समान् ब्यबहार गर्ने नेता रज्जाकलाई सफल जनप्रतिनिधीका रुपमा पनि चित्रण गरिएको छ । 

जिम्मेवारी बोधका साथ सदा जनताको सेवामा समर्पित भएकै कारण रज्जाक सो क्षेत्रका जनताको मनमा बस्न सफल भएका छन् । सो क्षेत्रका जनताको हरेक सुखदुख र पिरमर्कामा निरन्तर क्रियाशील रज्जाक बिकास निर्माणका गतिबिधीहरुमा पनि उत्तिक्कै क्रियाशिल छन् । 

आफ्नो क्षेत्रको चौतर्फी बिकासका लागि नेता रज्जाक अहोरात्र खटिदै आएका छन् । यसअघिको निर्बाचनमा जित हाशिल गरेका रज्जाकले संबिधान निर्माणमा आफ्नो योगदान त गरे नै सँगसँगै आफ्नो क्षेत्रमा बिकास निर्माणलाई समेत सशक्त ढँगबाट अगाडी बढाए । 

सो क्षेत्रमा भएका अधिकाँश विकासका योजनाहरु उनकै अग्रसरता र प्रयासमा भएका छन् ।  नेता रज्जाकले सो क्षेत्रमा बिकास निर्माणको लहर नै चलाएका छन् । 

रुपन्देही जस्तो सुबिधा सम्पन्न जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको उक्त क्षेत्रमा पुल निर्माण, बिद्युत् विस्तार, बाटो निमार्ण, विद्यालय पूर्वाधार निमार्ण, खानेपानी तथा सिञ्चाई आयोजनाहरुको निमार्ण, खेलकुदको विकास, स्वास्थ्य क्षेत्र सुधार तथा विकास, धार्मिक क्षेत्रको प्रचार प्रसार र पुर्वाधार निमार्ण लगायतका कामहरु नेता रज्जाकले गरेका महत्वपूर्ण कार्यहरु हुन् । 

यस्तै देवदहको मुडाबासदेखि पाल्पाको झुम्सासम्मको बैकल्पिक सडकको प्रारम्भिक कार्य शुरु, १३ के।भी।ए। धकधई बिद्युत् बिस्तारमा योगदान, १२ वटा पुल निर्माण प्रकृयामा, ५ वटा टेण्डर र २ वटाको डी।पी।आर सम्पन्न, मिनडाँडा सैनिक जोड्ने रोहीणी खोलामा झोलुंगे पुलको टेण्डर प्रकृयाको थालनी, भलुहीको बागकुमार र मिलन सामुदायिक भलुही खोला पुल निर्माण प्रकृया शुरु, भारतीय सिमा देखि महेन्द्र राजर्माग सम्म २ वटा सडकको डिपीआर र सो क्षेत्रका अधिकाँश सडकहरु कालोपत्रे  लगायतका कामहरु नेता रज्जाकको पहलमा भएका ठुला योजनाहरु हुन् । 

नेता रज्जाकले एक जनप्रतिनिधीको हैसियतले आफ्नो क्षेत्रलाई सिँहदरबार सँग जोड्ने काम गरेका छन् । 

नेता रज्जाकलाई बिगतमा जनतासँग गरेका बाचा र प्रतिबद्धता पूरा गरेकै कारण यसपटकको निर्बाचनमा निर्बिकल्प उम्मेदवारका रुपमा समेत हेरिएको छ । 

जुझारु, कर्मठ र स्वच्छ छबिका नेता रज्जाक सो क्षेत्रका जनताको रोजाईमा परेका लोकप्रिय नेता हुन् । उनको काम गर्ने शैली र ब्यबहारबाट प्रभावित भएकै कारण नेता हुनु त अब्दुल रज्जाक जस्ता भन्ने धेरै सर्वसाधारण पनि भेटिन्छन् । 

नेता रज्जाक यसपटक पनि जित हासिल गरेर क्षेत्र नं १ को बिकास र समृद्धिका साथै आफ्ना अधुरा योजनाहरु पुरा गर्ने योजनामा छन् । ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर निस्वार्थ रुपमा जनताकै सेवामा सर्मपित रहदै आएका नेता रज्जाक राजनितीक र सामाजिक हिसाबले पनि नैतिकवान् र स्वच्छ छबिका नेता हुन् ।

आगामी ५ बर्षमा क्षेत्र नं १ को विकासमा कायपलट गर्ने ठोस योजनाका साथ उनि चुनावी मैदानमा होमिएका छन् । नेता रज्जाक सो क्षेत्रका क्लब, सँघ सँस्था, आमा समूहका गतिबिधी देखि लिएर जनताको हरेक सुखदुःख, विवाह–उत्सव, धार्मिक मेला, शुभकामना आदानप्रदान, शोक लगायतका गतिबिधीमा सहभागी हुन सो क्षेत्रका हरेक गाँउ–गाँउ र टोल–टोलमा पुगेका भेटिन्छन् । 

“समृद्ध क्षेत्र अनि सम्पन्न जनता“ भन्ने योजना, सपना र परिकल्पनालाई साकार पार्ने खाका सहित उम्मेदवारको रूपमा प्रस्तुत भएका नेता रज्जाकले  विकास र समृद्धिका लागि नेपाली काँग्रेसलाई रोज्न जनतालाई आग्रह गरेका छन् । 

समग्र मूलुकको समृद्धि, लोकतन्त्र, शान्ति र स्थायित्वका निम्ति पनि नेपाली काँग्रेसको पक्षमा मतदान गर्न नेता रज्जाकले सो क्षेत्रका बासिन्दालाई आब्हान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ