arrow

अपाङ्गहरुलाई ज्याकेट र स्वीटर वितरण

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
filler_3.jpg

काठमाडौं । सामाजिक क्षेत्रमा विशेष योगदान दिदै आएको समाजिक संस्था फिलर्स नेपालले जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा एक सय भन्दा बढी अपाङ्गहरुलाई सहयोग गरेको छ । 
केन्द्रमा रहेका एक सयभन्दा बढी अपांगहरुलाई एक सय थानज्याकेट र एक सय थान स्वीटर वितरण वितरण गरिएको फिलर्स नेपालका अध्यक्ष टासि शेर्पाले बताए ।
शेर्पाकाअनुसार संस्थाले गतभदौमा तराई बाढीमा डुबानमा परेको समयमाबौद्धमा राहत संकलनका लागि राखिएको क्याम्पबाट संकलन भएका न्यानो कपडाहरु संस्थासँग एक हजारभन्दा बढी थान कपडा अझैं संस्थासँग सुरक्षित रहेको र सोही कपडाहरुलाई संस्थाले आगामी दिनमा वितवरण गर्ने योजना संस्थाले बनाएको छ ।
फरक ढंगबाट सामाजिकगर्दै आएको यस संस्थाल बाढी पीडितहरुको बस्तिमापुगेर हातहातैमा राहत सामग्री वितरण गरेर फर्किएको थियो । 

सो समयमा विभिन्न सामाजिक संस्थाहरुले राहत सामग्री लगेर प्रमुख जिल्ला अधिकारीको हातमा छोड्दै राजधानी फर्कदै गरेका थिए । 
तत्कालीन परिस्थितिमा महोत्तरीको प्रिपामा रहेका झण्डै २ सय वढी वाढी पीडितहरुलाई फिलर्स नेपालले झण्डै तीन लाखभन्दा बढीको राहत सामग्री वितरणका साथै म्याटे«स,ब्लाङ्कटे, झुल,लामखुट्टे धपाउने धुप, सेनेटरी प्याड, मेडिकल किड्समा जीवन जल, प्यारासिटामोल, व्यान्डेज, पियुष, वेड सिट लगायतका लत्ता कपडाहरुसमेत वितरण गरेको अध्यक्ष शेर्पाले बताए । 
यस संस्थाले केही समयअघि हिमाली दुर्गम जिल्ला सोलुखुम्बुको खिरौले, चेपे,जुके, चिनाक्पु, दूधकुण्ड र सल्यानका प्राथमिक विद्यालयहरुमा पुस्तकालय निर्माण गरी झण्डै चार लाखभन्दा माथिको पुस्तक वितवरण गरिसकेको र विशेष गरी यस संस्थाले शिक्षाको क्षेत्रमा काम गर्दै आएको फिलर्स नेपालले हप्तादिन पछाडि नै वातावरणीय सुरक्षा सम्बन्धी कार्यक्रम समेत आयोजना गर्ने अध्यक्ष शेपाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ