arrow

ललितपुरको लुभुमा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेपछि एमालेमा खैलाबैला

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
congress3.jpg

ललितपुर । नेपाली काङ्रेस ललितपुर क्षेत्र न २ द्वारा लुभुमा आयोजित बिशाल आमसभामा १०० जनाभन्दा बढी एमाले र माओवादी पार्टीबाट पार्टी प्रबेश गरे । प्रवेश गर्ने सुरेन्द्र तामाङ माओवादी पार्टीका डिसीएम (जिल्ला कमिटी सदस्य) हुन् ।

आमसभामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदबार चन्द्र महर्जन, प्रदेश सभा २ क का उम्मेदबार पवन बिक्रम थापा लगायतले आफ्ना एजेन्डा प्रस्तुत गर्नुका साथै नेपाली काँग्रेसलाई अत्याधिक बहुमतले जिताउन सबैलाई हार्दिक अपिल गरे ।

सभामा चन्द्र महर्जनले आफु गत २० बर्षदेखी यही क्षेत्रको बिकासमा अनबरत रुपले लागिपरेको र ७० सालको चुनावमा बिजयी भएपछी आफुले गरेका बिकास निर्माणका कार्यमा समस्त क्षेत्रबासीको अपार सहभागीता रहेको र अपनत्व ग्रहण गरेबाट मङ्सिर २१ को चुनावमा पनि जनताको साथ सहयोग रहेकोले आफ्नो बिजय निस्चित भएको बताए ।

सोही सभामा प्रदेश सभाका उम्मेदबार पवन बिक्रम थापाले आफुले यस क्षेत्रको बिकास निर्माणमा अग्रणी भूमिका खेलेको, जनताको सुख दुःखमा सधैं नजिक भएर काम गरेको र खानेपनी ,ढल र बाटोको स्तरोन्नती लगायत शिक्षा, स्वास्थ्यको गुणस्तर बढाउन सधैं लागि पर्ने विश्वाश दिलाए ।

कार्यक्रमका प्रमुख अतिथी प्रकाशमान सिंहले नेपाली कङ्रेसको जित भईसकेको र प्रकृया पुर्याउन मात्र बाँकी रहेको बताए ।

कम्युनिस्टहरु जनतालाई गरीब बनाउँछन्, काँग्रेसले धनी बनाउने भएकोले नेपाललाई कम्युनिस्टको प्रयोगशाला बनाउन नदिने बचन सिंहले दिए । 

सभामा अपार जनसहभागीता देखेर एमालेमा खैलाबैला मच्चिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ