arrow

शिक्षण अस्पतालमा गगनका शुभेक्षुकहरुको भीड, दुर्इको अवस्था गम्भीर

आक्रमणकारीको खोजीकार्य तीब्र : प्रहरी प्रवक्ता

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
teching_hospital_vid.jpg

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेले काँग्रेस नेता गगन थापामाथि बम आक्रमण गर्ने आक्रमणकारीको खोजी कार्य तीब्र बनाइएको प्रतिक्रिया दिएका छन् । सोमबार बुढानीलकण्ठको चपलीमा आयोजित घरदैलो सकेर फर्किने क्रममा गगन थापामाथि बम आक्रमण भएको थियो । 

उनी माथि बम आक्रमण भएको जानकारी पाउने त्यसआसमासमा सुरक्षा व्यवस्था कडा बनाएर आक्रमणकारीको खोजी कार्य जारी राखिएको डिआईजी न्यौपानेले जानकारी दिए । सो बम आक्रमणमा दुई जना गम्भीर घाईते भएका छन् । 

गम्भीर घाईते हुनेमा श्याम कृष्ण श्रेष्ठ र राजकाजी श्रेष्ठ रहेका छन् भने ध्रुब खड्का लगायत ३ जना सामान्य घाईते भएका छन् । उनीहरु सबैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ । 

घरदैलो सकेर फर्किने क्रममा पछाडिबाट थापामाथि बम आक्रमण गरिएको थियो । पछाडि रहेका दुई श्रेष्ठ रहेको नजिकै बम आक्रमण गरिएकोले उनीहरु गम्भीर घाईते बन्न पुगेका हुन् । बम विष्फोट भएको बेलामा थापा निकै अगाडि पुगिसकेका थिए । अहिले गगन थापाको अवस्थाबारे बुझ्न शिक्षण अस्पताल महाराजगञ्जमा शुभेक्षुकहरुको भीड लागेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ