arrow

भाग्यमानी आचार्य : जसलाई २ वटा बमले पनि छुन सकेन

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
surendra-rajj-achryakapilvastu.jpg.jpeg

कपिलवस्तु । नेपाली कांग्रेसका पार्टी सभापति एवं  प्रतिनिधी सभा कपिलवस्तु निर्वाचन क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्रराज आचार्यलाई लक्षित गरि आइतबार राती २ स्थानमा बम प्रहार गरिएको छ । बुद्धभुमी नगरपालिकाको वडा नं ९ बरकलपुर गाउं निर पेट्रोल वम तथा बुद्धभुमी ३ रनगाई स्थित पुलमा बम प्रहर गरिएको हो ।बुद्धभुमी नगरपालिकाको वडा नं ९ बरकलपुर गाउं निर पेट्रोल वम तथा बुद्धभुमी ३ रनगाई स्थित पुलमा बम प्रहर गरिएको हो ।

चम्पापुर राती १० बजे आचार्य चढेको गाडी भनेर हानिएको  बम कांग्रेस नेता चन्द्रभान चढेको बलेरो जिप लु १ च ७१७५ मा परेको थियो । बमले गाडीको सिसामा सामान्य क्षती भएको छ ।


साथै आचार्यको जन्म भूमि  बुद्धभुमी ३ रनगाई घर जाने रनगाई पुलमा ११   बजे बम  विष्फोट गराइएको छ । आचार्य प्रचार वाट घर जाने समय पारी पुलमा वम विष्फोट गराइएको थियो । तर आर्चाय सो सयम भन्दा १५ मिनट अगाडी घर पुगिसेका थिए ।

निर्वाचन आउन २ दिन मात्र रहदां ठाँउ ठाँउमा आफुलाई लक्षित गरि बम विफोष्ट गराउन थालिएको प्रति आचार्यले घटनाको निन्दा गरे बाटोमा हिड्न तथा प्रचार गर्न समेत असहज स्थिती सिर्जना गरेको उनको भनाई छ ।

त्यस्तै कांग्रेसका कार्यबाहक सभापति अब्दुल कलाम खांले पार्टी सभापति तथा उम्मेदवारमाथि लक्षित गरी बम विष्फोट गराउनु दुःखद भएको हुंदा स्थानीय प्रशासन संग उम्मेदवारतथा भयरहित निर्वाचन गर्न स्थानीय प्रशासन सँग आग्रह गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ