arrow

गगनमाथि बम आक्रमणपछि काँग्रेसको विज्ञप्ती, 'रत्तिभर विचलित हुनेछैनौं' 

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
nc-party-office.png

काठमाडौं । आफ्ना नेता गगन थापा माथि बम आक्रमण भएपछि नेपाली काँग्रेसले विज्ञप्ती निकालेर यस्ता अबाञ्छनीय गतिविधि गर्नेहरुमाथि चेतावनी दिएको छ । सोमबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा नेपाली काँग्रेस र लोकतान्त्रिक शक्ति माथि उर्लँदो जनसागर देखेर लोकतन्त्र विरोधि तत्वहरुले दिनानुदिन यस्ता गतिविधिहरु गर्ने गरेको बताएका छन् । 

विज्ञप्तीमा नेपाली काँग्रेसलाई विचलित बनाउने गरी गरिएका यस्ता हर्कतहरुले आफू पनि रत्तिभर विचलित नहुने भन्दै मतदाताहरु पनि यसबाट रत्तिभर विचलित नहुने दाबी गर्छन् । 

विज्ञप्तीमा भनिएको छ 'नेपाली काँग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित कार्य र आक्रमणप्रति नेपाली काँग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनमाका कार्यक्रमहरु गर्नपाउने नागरिकको नैसर्गिक अधिकार माथि समेत ठाडो उल्लंघन भएको छ । र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारको अवांञ्छित गतिविभि नदोहोर्याउन नेपाली काँग्रेस चेतावनी पनि दिन चाहन्छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ